घोराही, १२ चैत । दाङका विभिन्न क्षेत्रका व्यक्तिहरुले स्वास्थ्य, शिक्षा, कृषि र विपद् व्यवस्थापनका विषयलाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गरेका छन् । ग्रामिण महिला उत्थान केन्द्र दाङले मंगलबार घोराहीमा आयोजना गरेको पारस्परिक जवाफदेहिता परियोजना साझेदारी मञ्चको बैठकमा सरोकारवाला निकायका प्रतिनिधिहरुले घोराही उप महानगरपालिकालाई यस्तो आग्रह गरेका हुन् ।

कृषिको अनुदान बास्तविक किसानले पाउन नसेकको, कृषि उत्पादनले उचित मूल्य र बजार नपाएको भन्दै त्यसलाई सुधार्न र किसानको पक्षमा काम गर्न सुझाब दिएका हुन् । त्यसैगरी, स्वास्थ्य चौकिहरुमा आबस्यक औषधीको प्रयाप्तता गराउन, विद्यालयमा दरबन्दी अनुसार शिक्षक राख्न, खानेपानी र शौचालयको व्यवस्था राम्रो गराउन र पाठ्यपुस्तकहरु समयमै विद्यालयमा पुराउन सरोकारवालाहरुले आग्रह गरेका हुन् ।

त्यसैगरी, घोराही सिमेन्ट उद्योगले सरकार र जनता सँग गरेका प्रतिबद्धतालाई पुरा गराउन समेत स्थानिय सरकारको ध्यानआकर्षण गराएका छन् । उद्योगबाट निस्कने धुलो, धुवा र आवाजले नागरिकहरुको दैनिकी र स्वास्थ्यमा गम्भिर असर गरिरहेको भन्दै नियमन गर्न समेत आग्रह गरेका छन् ।

कार्यक्रममा नागरीक समाजका संयोजक चन्द्रराज पन्त, दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसाल, मुनाल घिमिरे, टंक सुनार लगाएतकाले नागरिकहरुको दैनिकी सँग जोडिएका सवाललाई सुधार्दै लैजान सुझाब दिएका हुन् । कार्यक्रममा सरोकारवालाहरुको जवाफ दिदै घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले सबै क्षेत्रलाई सुधार्ने प्रयास गरिरहेको बताउनुभयो ।

ज्ञान, सिप, प्राविधिक र अनुदान सहयोगलाई बास्तविक किसान पहिचान गरेर बितरण गर्ने, स्वास्थ्यमा औषधीको अभाब हुन नदिने र उपचारलाई प्रभावकारी बनाउने, शिक्षालाई बाल विकासबाटै सुधार गर्ने, शिक्षकहरुलाई जिम्मेवार बनाउने र विपद् जोखिमलाई कम गर्न आबस्यक निति र पूर्ब तयारी अपनाईएको जानकारी दिनुभयो ।

कार्यक्रममा उत्थान केन्द्रिकी अध्यक्ष आशमानी चौधरीले स्थानिय र स्थानिय सरकारका सोचलाई एकीकृत गरि विकास तथा संबृद्धी सँग जोड्ने योजनाका साथ काम गरिरहेको बताउनुभयो । कार्यक्रममा नविन चौधरी र रजनी श्रेष्ठले पारस्परिक जवाफदेहिताका विषयमा जानकारी दिदै सहजिकरण गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस