तिर्थराज ज्ञवाली

मसुरिया (देउखुरी दाङ), २० भदौ । राप्ती गाउँपालिका क्षेत्रलाई मानव बेचविखन रहित क्षेत्रको रुपमा विकास गर्ने अभियान अन्तर्गत शुक्रवार मानव बेचविखनविरुद्ध जनचेतना कार्यक्रमको आयोजना गरिएको छ ।

ईलाका प्रहरी कार्यालय भालुवाङको आयोजनामा भएको जनचेतना कार्यक्रममा जनप्रतिनिधि, वडागतरुपमा निगरानी समुह, महिला समुह, युवा समुहका प्रतिनिधिहरुलाई मानव बेचविखनविरुद्ध जानकारी दिइएको थियो ।

राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्वाकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा लगायतको सहभागिता रहेको कार्यक्रममा आगामी दिनमा स्थानीय सरकारले मानव बेचविखन विरुद्ध सञ्चालन गरिने अभियानका बारेमा जानकारी दिइएको थियो ।मानव बेचविखन हुने तरिका, बेचविखनकर्ताले अपनाउने विधि, हुनसक्ने खतरा, नेपालको संविधानमा मानव बेचविखन विरुद्धका सजाय, दण्ड, जरिवाना, मानव बेचविखनबाट बच्ने उपायका बारेमा जानकारी, छलफल तथा प्रशिक्षण गरिएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस