घोराही, २२ माघ । जयशेर मावि घोराही–६ रावतगाउँले प्राविधिक र उच्च शिक्षा सञ्चालनका लागि महायज्ञ शुरु गरेको छ । विद्यालयको शैक्षिकस्तर बृद्धिका लागि विद्यालयले माघ २२ देखि फागुन १ गतेसम्म श्रीमद्भावगत धनधान्याचल नवाह ज्ञान महायज्ञ सञ्चालन गरेको हो ।

महायज्ञ मूल आयोजक समितिका सहसंयोजक प्रवीण भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेशसभा सदस्य अमरबहादुर डाँगीले महायज्ञको उद्घाटन गर्नुभएको थियो । महायज्ञको उद्घाटन गर्दै प्रमुख अतिथि डाँगीले प्राविधिक शिक्षा अहिलेको आवश्यकता भएको बताउनुभयो । मानिसलाई आत्मनिर्भर बनाउन प्राविधिक शिक्षा आवश्यक भएको बताउँदै उहाँले प्राविधिक शिक्षाको विकास एवं विस्तार आवश्यक भएको धारणा राख्नुभयो । सामुदायिक विद्यालयको विकास गर्ने दायित्व राज्यको भए पनि त्यसलाई गतिशील एवं समयानुकुल बनाउन समुदायको पनि उत्तिकै भूमिका भएको उहाँले बताउनुभयो । समुदायको सहभागिताविना सामुदायिक विद्यालयको विकास असम्भव भएको बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक हुकुमबहादुर बुढाथोकीले स्वागत मन्तव्यसहित महायज्ञ सञ्चालन गर्नुको उद्देश्यबारे जानकारी दिनुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस