घोराही, २६ माघ । सवारी दुर्घटनामा परि गम्भिर घाईते हुनुभएका प्रदेस ५ का सांसद उत्तरकुमार वलीको स्वास्थ्य अबस्थामा सुधार हुदै गएको चिकित्सकहरुले बताएका छन् । सांसद वलीको अबस्था खतरा मुक्त भनिए पनि अझै होस भने खुल्न नसकेको चिकित्सकहरुको भनाई छ ।

काठमाडौको मेडिसिटी हस्टिपलको आईसियूमा राखेर सांसद वलीको उपचार भैरहेको छ । घाइते सांसद उपचारमा संलग्न डाक्टरहरुले सांसद वलीलाई धेरै चोट लागेको भए पनि खतरामुक्त रहेको बताएका छन् ।

यसैक्रममा शनिबार सभामुख कृष्णबहादुर महराले घाईते सांसद वलीको स्वास्थ्य अबस्थाका बारेमा जानकारी लिनुभएको छ । भेटमा सभामुख महराले सांसद वलीको उपचारमा कुनै कमी हुन नदिन अस्पताल प्रशासनलाई आग्रह गर्नुभएको छ । सभामुख महरासँगै घाइते सांसद वलीलाई भेट्न नेकपा संसदीय दलका सचेतक तथा प्रतिनिधि सभाका सदस्य शान्ता चौधरी र सांसद मेटमणी चौधरी पनि मेडिसिटी हस्पिटल पुग्नुभएको थियो । दाङ क्षेत्र नम्बर ३ खबाट निर्वाचित प्रदेश सांसद वली अस्ती बेलुकी घोराही–लमही सडकखण्डको मसोट नजिकै सवारी दुर्घटनामा पर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस