घोराही, ४ फागुन । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेश सरकारको एक बर्ष समग्र प्रदेश विकासका आधारहरु तयार गर्न केन्द्रित भएको बताउनुभएको छ । प्रेस चौतारी र प्रेस सेन्टर दाङले शनिबार घोराहीमा गरेको पत्रकार भेटघाटमा बोल्दै मुख्यमन्त्री पोख्रेलले प्रदेश सरकारको एक बर्ष विकासका आधारहरु तयार गर्न मै बढी केन्द्रित भएको र विकासको मार्गमा अघि बढेको बताउनुभएको हो ।

प्रदेशभरीका जिल्लाहरुको एकीकृत विकासका लागि एक सय बढी संरचनागत कार्यालय स्थापना, आबस्यक कानुन निर्माण, संसदिय समिति गठन गरि कार्य प्रारम्भ, आवधिक योजना निर्माण गरि विकास परिषद्बाट पारित गरि अघि बढेको उल्लेख गर्नुभयो । अन्य प्रदेशको तुलनामा प्रदेश ५ को सरकार एक कदम अघि रहेको दावी गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टीका प्रदेश इन्चार्ज समेत रहनुभएका मुख्यमन्त्री पोख्रेलले दुई पार्टी बिचको एकता भाँड्ने र सरकारको बदनाम गर्ने गरी केही शक्ति देखा परेको उल्लेख गर्नुभयो ।

सरकारले जनताको मन जितेर काम गरिरहेको भन्दै उहाँले केही पनि भएन भनेर भ्रमको खेती गरेको टिप्पणि गर्नुभयो । अविस्वासले नभई भरोसाले र निराशाले नभई आशाबादीले देशको विकास हुने भन्दै अनर्गल प्रचारमा समय खेर नफाल्न सचेत समेत गराउनुभयो ।

प्रेस चौतारी दाङका अध्यक्ष जेएन सागरको अध्यक्षतामा भएको कार्यक्रममा मुख्यमन्त्री पोख्रेलले शान्ति प्रकृयाका बाँकी काम जिम्मेवार ढंगबाटै पुरा गर्ने उल्लेख गर्नुभयो । शान्ति प्रकृयाका बाँकी कामलाई सरकार एक्लैले नभई नेपाली कांग्रेस सँगको आबस्यक छलफलबाट टुंगोमा पुर्‍याउने र क्षतिपूर्ती एवं भरणपोषणको जिम्मा सरकारले लिने बताउनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस