घोराही, १४ माघ । घोराही उपमहानगरपालिकाका जनप्रतिनिधि र पत्रकारहरुको समूहबीच आज फुटबल प्रतियोगिता भएको छ । प्रतियोगितामा पत्रकारको समूहले जनप्रतिनिधीहरुलाई शून्यका बिरुद्ध ३ गोलले पराजित गरेको छ ।

घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको नेतृत्वमा जनप्रतिनिधिको समूह र नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सविन प्रियासनको नेतृत्वमा पत्रकारहरुको समूहबीच खेल भएको हो ।

भरतपुर खेल मैदानमा दिउँसो भएको प्रतिस्पर्धामा पत्रकार महासंघका अध्यक्ष सविन प्रियासन, कोषाध्यक्ष आरके सीतल र मिनेस श्रेष्ठले एक एक गोल गर्नुभएको थियो । मेयरकप प्रतियोगिता चलिरहेको अवसरमा जनप्रतिनिधि र पत्रकारहरुबीच खेलको आयोजना गरिएको हो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस