घोराही, १४ माघ । घोराहीमा भएको दोस्रो मेयरकप रनिङ फुटवल प्रतियोगिताको उपाधी वडा नम्बर १३ ले जितेको छ । आज भएको अन्तिम प्रतियोगितामा वडा नम्बर १३ ले वडा नम्बर १५ लाई शून्यका विरुद्ध २ गोलले पारीजित गरि उपाधी जितेको हो ।
वडा नम्बर १३ का खेलाडीहरु तिर्थलाल पुन मगर र बिक्रम घर्तीको १÷१ गोलले जित भएको हो । भरतपुर खेल मैदानमा भएको फाइनल खेलमा वडा नम्बर १३ का तर्फबाट जर्सी नम्बर ७ का तिर्थलाल पुन मगरले पहिलो हाफको ३९ औँ मिनेटमा गोल गर्दैै अग्रता बनाउन सफल भएका थिए ।
निकै प्रतिष्पर्धात्मक रहेको खेलको पहिलो हाफमा वडा नम्बर १३ ले अग्रता लिएको थियो । दोस्रो हाफमा निकै सुधारिएको खेल पस्केको वडा नम्बर १५ ले गोल गर्ने राम्रा अबसरहरु प्राप्त गरेको भए पनि ७० औँ मिनेटमा वडा नम्बर १३ का बिक्रम घर्तीले दोस्रो गोल गर्दै जितको सुनिश्चत गर्नुभएको हो ।
गतबर्षको उपाधि हात प्राप्त गरेको वडा नम्बर १५ ले कुनै पनि गोल गर्न नसकेपछि दोस्रो भएको छ । माघ ४ गतेदेखि सुरु भएको प्रतियोगीतामा पहिलो पटक वडा नम्बर १३ ले उत्कृष्ट खेल पस्कदै उपाधि हात पारेको छ । उपाधि प्राप्त गरेको वडा नम्बर १३ लाई आज मैदानमै नगर प्रमुख नरुलाल चौधरीले कप प्रदान गर्नुभयो । प्रथम हुने वडा नम्बर १३ लाई एक लाख र दोस्रोहुने वडा नम्बर १५ ले ५० हजार नगद, मेडल, प्रमाणपत्र पाउने छ ।
यसैबीच घोराही उपमहानगरपालिकाले भोली नगरको स्थापना दिवसका अबसरमा एक औपचारिक कार्यक्रम गरी पुरस्कार बितरण कार्यक्रम राखेको छ । बिजेता, उपबिेजता तथा अन्य बिधाका खेलाडीलाई पुरस्कृत तथा प्रतियोगीता सफल बनाउनका लागि सहयोग गर्ने ब्यक्ति तथा संघसस्थालाई सम्मान गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
![](https://www.sancharonline.com/wp-content/uploads/2021/06/1-1.jpg)
![](https://www.sancharonline.com/wp-content/uploads/2024/07/Tribeni-Salyan.jpg)
![](https://www.sancharonline.com/wp-content/uploads/2022/03/Darma-Police.jpg)