घोराही, २० माघ । प्रदेशको आन्तरिक पर्यटन प्रबद्र्धनका लागि नेपालगञ्जदेखि चिसापानीसम्मको साइकल यात्रा सम्पन्न भएको छ । नेपालगञ्जमा रहेको नेपालगञ्ज साइकल क्लबको आयोजनामा साइकल यात्रा गरिरएको हो । प्रदेश नम्बर पाँच र सुदुर पश्चिमको पर्यटन प्रबद्र्धनका लागि साइकल यात्रा संयोजक सतिस निरौलाले जानकारी दिनुभएको छ ।

नेपालगञ्जदेखि सुरु भएको यात्रा बर्दियाको ठाकुरद्वारा हुँदै सुदुरपश्चिम प्रदेशको चिसापानीसम्म भएको थियो । माघ १८ र १९ गते यात्रा भएको थियो । साइकल यात्रामा बिश्व साइकिल यात्री पुष्कर शाह, मेची महाकाली साइकल यात्री एवं दाङ जिल्ला साइकल एशोसियशन दाङका संयोजक रेशम केसीसहित ५० जनाको सहभागीता रहेको थियो ।

दाङबाट मेची महाकाली साइकिल यात्री एवं संयोजक केसीसंगै उपाध्यक्ष झलक केसी, कोषाध्यक्ष आषिश पाण्डे, सदस्य आयुष रेग्मीको सहभागिता रहेको थियो । पर्यटन प्रर्बद्धन सँगै स्वास्थ्यका लागि साइकल यात्राले सहयोग पुर्‍याउने सन्देश दिइएको संयोजक केसीले बताउनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस