घोराही, २० माघ । शान्तिनगरमा सञ्चालन भएको दोस्रो अध्यक्ष कप प्रतियोगिता शनिबार समापन भएका छन् । शान्तिनगर गाउँपालिकाको आयोजनामा भएको प्रतियोगिता शनिबार प्रदेश सांसद उत्तरकुमार वलीले समापन गर्नुभएको हो ।

माघ १६ गतेदेखि शान्तिनगर गाउँपालिकाको वडा नम्बर २ सिमसुन्दरपुरमा सञ्चालन भएको प्रतियोगितामा गाउँपालिकाका सबै वडाको सहभागीता रहेको थियो । गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

स्थानीय तहमा रहेका खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले अध्यक्ष कप खेलकुद प्रतियोगिता सञ्चालन गरिएको गाउँपालिकाकाले जनाएको छ । प्रतियोगितामा फुटबल, भलिबल, नृत्य, गीत, दोहरी बिधामा प्रतिष्पर्धा गराइएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस