लक्ष्मण बस्नेत
दाङ, २१ फागुन । दाङ क्रिकेटको विकास गर्नको लागि दाङमा पहिलो पटक फ्रेन्चाईज लिगको अवधारणामा सञ्चालन भएकाे दाङ क्रिकेट लिग (DCL) को दोस्रो संस्करण केही समयको लागि स्थगित गरिएको छ ।

दङाली युथ क्लबकाे आयाेजनामा दाङ क्रिकेट लिग ‘DCL’ को दोस्रो संस्करण यहि २०७५ चैतकाे पहिलाे सातादेखि सञ्चालन हुने भनिए पनि अहिले दाङमा क्रिकेट मैदानको पूर्वाधार बिस्तारकाे साथै संरचना निर्माणका कामहरु भइरहेकाे हुँदा मैदानकाे समस्या भएकाेले खेल स्थगित गरिएकाे दङाली युथ क्लबका काेषाध्यक्ष सुजित शर्माले जानकारी गराउनु भएकाे छ ।

खेलमैदानकाे मर्मत सकिए पश्चात लिगको दोस्रो संस्करण सञ्चालन हुनेछ । प्रतियोगिताको उपाधि चुम्ने टिमले नगद  ८० हजार, DCL को ट्रफी, मेडल तथा प्रमाणपत्र हात पार्ने शर्माले जानकारी गराउनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस