घोराही, २५ फागुन । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा आज स्लो वाइक प्रतियोगीता सम्पन्न भएको छ । प्रतियोगीतामा मिनराज महरा प्रथम, सिवलाल वली द्धितीय, भिमसेन डाँगी तृतीय भएका थिए ।

त्यस्तै महिलाहरु तर्फ ममता विष्ट प्रथम, विष्णु थापा द्धितिय भएका थिए । प्रतियोगीतामा करिव ४ दर्जनको सह भागिता रहेको थियो । प्रतियोगीतामा जिल्ला ट्राफिक प्रहरी कार्यालयले प्राविधिक सहयोग गरेको थियो । प्रतियोगीता उद्घाटन कार्यक्रम दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालको अध्यक्षता एवम संघका संस्थापक अध्यक्ष तोरणध्वज श्रेष्ठको प्रमुख आतिथ्यता तथा नेपाल उद्योग वाणिज्य मंहासघका केन्द्रीय सदस्य धुव्रराज श्रेष्ठ (भारी)को विशिष्ट आतिथ्यतामा भएको थियो ।

यसैविच दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा संघमा आवद्ध वस्तुगत समिती विच हाजिरी जवाफ प्रतियोगीता सम्पन्न भएको छ । प्रतियोगीतामा गल्ला तथा किराना व्यवसायि समिति प्रथम, प्लाष्ट्रिक व्यवासायिक समिती द्धितीय र फेन्सी व्यवसायि समिती तृतीय भएका थिए । प्रतियोगीतामा ८ वटा विषयगत समितीहरुले भाग लिएका थिए । संघले आफनो साधारणसभाको अवसरमा विभिन्न प्रकारका प्रतियोगिता आयोजना गरेको जनाएको छ । शनिवारबाट कार्यक्रम सुरु भएका छन् । संघको साधारणसभा आउँदो चैत ९ गते हुँदैछ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस