दाङ, २ जेठ । दाङमा कोरोना सङ्क्रमणको पुष्टी भएका व्यक्ति तीन दिन अघि मात्र कृष्णनगरबाट दाङ आएको खुलेको छ । उनीहरु गढवा उद्योग बाणिज्य संघको एम्बुलेन्स चढेर दाङ आएको थिए । सङ्क्रमित दुवैजना अहिले गढवास्थित जनता माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका छन् ।

उनीहरु भारतको मुम्बई र गोरखपुरबाट नेपाल आई कृष्णनगरमा क्वारेन्टाइनमा बसेका थिए । गढवा गाउँपालिका वडा नम्बर ३ को सिफारिसको आधारमा उनीहरुलाई गढवा ल्याइएको बताइएको छ ।

कृष्णनगरमा कोरोना परिक्षण नगरेर गढवा ल्याइएका उनीहरुलाई बिहीबार लमही ल्याएर स्वाव संकलन गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । तुलसीपुर ७ का कोरोना पुष्टी भएका व्यक्ति काठमाडौँको एक अस्पतालमा कार्यरत रहेको बुझिएको छ । उनको स्वाव परीक्षण काठमाडौँमा सङ्कलन गरिएको थियो र हाल उनी काठमाडौँमै बसिरहेका छन् ।

दाङमा गढवामा २ र तुलसीपुरमा एक गरी तीन जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस