दार्मा, २० जेठ । सल्यानको दार्मा गाउँपालिकाका ९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । कार्णाली प्रदेश सामाजिक विकास मन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार दार्मा गाउँपालिकामा संक्रमित पुष्टी भएकाहरु वडा नं. १ का ३९ वर्षीय, वडा नं. २ का ३६ र ४२ वर्षीय, वडा नं. ३ का ३५ र ३९ वर्षीय, वडा नं. ४ का ३४, ४०, ४०, ५० वर्षका व्यक्तिहरु रहेका छन् । संक्रमित सबै पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

आज थपिएका संक्रमितहरु दार्मा गाउँपालिकाका ९ जना, सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका ११ जना, अछामको मंगलसेन नगरपालिकाका १ जना र मेल्लेख गाउँपालिकाका ८ जना गरी जम्मा २९ जना रहेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पछिल्लो संक्रमणसँगै कर्णाली प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या २ सय बैसठ्ठी पुगेको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार संक्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् । दार्मा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अमृत खड्काले दिएको जानकारी अनुसार संक्रमित सबै पालिकाको क्वारेन्टाइनमा बसिरहेका छन् । उनीहरु सबै भारतका विभिन्न स्थानबाट आएको खड्काले जानकारी दिनुभयो ।

दार्मा गाउँपालिकाबाट स्वाब संकलन गरिएका २५ जनाको परीक्षण हुँदा ९ जनामा संक्रमण पुष्टी भएको हो । परीक्षणका लागि ६६ जनाको स्वाब संकलन गरी पठाइएको छ भने आज २ सय बढीको स्वाब संकलन गरि पठाउन लागिएको गाउँपालिकाले जनाएको छ । हाल दार्मा गाउँपालिकाका विभिन्न क्वारेन्टाइनमा ३ सय जना बसिरहेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खड्काले जानकारी दिनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस