दार्मा, २० जेठ । दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसीले संयमित र उच्च सतर्कताका साथ कोरोना नियन्त्रणमा जुट्न सबैमा आग्रह गर्नुभएको छ । गाउँपालिकामा पहिलो पटक ९ जनामा कोरोना संक्रमणको पुष्टी भएपछि अध्यक्ष केसीले प्रेस नोट जारी गर्दै कोरोना नियन्त्रणका लागि व्यवस्थित ढङ्गले सबै उपायहरु अबलम्बन गरिने बताउनुभएको हो ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले विज्ञप्ति जारी गर्दैै सल्यान दार्माका ९ जनासहित आज कर्णाली प्रदेशका २९ जनामा कोरोनाको संक्रमण भएको पुष्टी गर्नुभएको छ ।

गाउँपालिकाले पहिलो चरण अन्तर्गत जेठ १२ गते लिइएको ६६ जनाको स्वाबको परीक्षण ९ दिनपछि बल्ल आएको र त्यसमा पनि कतिजनाको परीक्षणको रिपोर्ट हो भन्नेबारे अनभिज्ञता प्रकट गरेको छ । क्वारेन्टाइनमै भएको बखत संक्रमित पत्ता लागेकोले नियन्त्रणका सबै उपायहरु अपनाइने प्रेस नोटमा उल्लेख छ ।

अध्यक्ष केसीले पालिकाले निर्माण गरेका सम्पूर्ण क्वारेन्टाइन भरिएको भन्दै २ हप्ताका लागि भारत र देशका विभिन्न ठाउँमा रहेका व्यक्तिहरुलाई पालिका फर्कने योजना स्थगित गर्न समेत आग्रह गर्नुभएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस