दाङ, २० जेठ । ज्वरो नरोकिएपछि कोरोना विशेष अस्पताल बेलझुण्डीबाट एकजना कोरोना संक्रमितलाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ । बेलझुण्डीमा उपचार सम्भव नभएपछि धागो कोरोना विशेष अस्पताल बुटवल रिफर गरिएको कोरोना विशेष अस्पताल बेलझुण्डीका सदस्य सचिव डा. सर्वेश शर्माले जानकारी दिनुभयो ।

अस्पतालमा राखेर तीन दिनसम्म उपचार गर्दासमेत ज्वरो नघटेपछि बबई गाउँपालिका–६ निबासी ३० बर्षका युवकलाई मंगलबार बिहान ११ बजे रिफर गरिएको डा. शर्माले बताउनुभयो ।  ‘नियमित निगरानीमा राखेर उपचार गर्दा समेत ज्वरो एकसय तीनबाट घटेन,’ सदस्य सचिव डा. शर्माले भन्नुभयो –‘हाईग्रेट फिवर आएपछि विभागले लेभल टु मा पठाउनु भनेको छ । त्यसैले गाउँपालिका र परिवारसंग सल्लाह गरेर धागोमा पठायौं ।’

जेठ १६ गते अस्पतालमा भर्ना भएका ती युवकमा परीक्षण गर्दा डेङ्गु पनि देखा परेको थियो । यी युवकम केहीदिन पहिले भारतबाट गाउँ फर्किएका थिए । ५१ जना कोरोना संक्रमित रहेको बेलझुण्डीमा रिफर भएपछि ५० जना संक्रमितको उपचार भइरहेको कोरोना विशेष अस्पतालका हे.अ. दोर्णबहादुर वलीले जानकारी दिनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस