दाङ, ४ कार्तिक । प्युठानको माण्डवी गाउँपालिका–२ गोलबाङमा यात्रु बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार ना ४ ख ५५६१ नम्बरको बस सडकबाट करिब एक सय मिटर तल खस्दा दाङ घर भएका बस चालक ४० वर्षीय तारा रानाको मृत्यु भएको छ ।

यसैगरी प्युठानको माण्डवी गाउँपालिका–१ तिराम बस्ने ६६ वर्षीय गोकर्ण अधिकारी, ४५ वर्षीया लक्ष्मी खत्री र दाङको बंगलाचुली गाउँपालिका बस्ने ३० वर्षीया बसन्ता विक घाइते भएका छन् । घाइतेहरुको अवस्था गम्भीर रहेको छ । घाइतेहरुलाई उपचारका लागि दाङ पठाइएको प्रहरीले जनाएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस