दाङ, ९ फागुन । दाङको घोराहीमा सगुन आयुर्वेद प्रालिले सेवा आरम्भ गरेको छ । डा. मुरली मनोहर रौनियार र वाइबी धौलाकोटीले संयुक्त रुपमा रिबन काटेर पसलको उद्घाटन गर्नुभएको हो ।

राप्ती अञ्चललाई सेवा क्षेत्र बनाएको प्रालिबाट सम्पूर्ण किसिमका आयुर्वेद औषधिहरु उपलब्ध हुने सञ्चालक प्रवेशराज जोशीले जानकारी दिनुभयो । मेडिकल क्षेत्रमा क्रियाशील १० जना व्यक्तिहरुको संयुक्त लगानीमा पसल सञ्चालन गरिएको उहाँले बताउनुभयो । नेपाल तथा अन्तर्राष्ट्रिय बजारमा उत्पादन भएका आयुर्वेद औषधिहरुको सहज आपूर्ति गर्ने लक्ष्यका साथ पसल सञ्चालनमा ल्याइएको उद्घाटनका अवसरमा जानकारी गराइएको थियो ।आयुर्वेद औषधिको माग बढे पनि सहज उपलब्धता नभएको भन्दै दाङका वाइबी धौलाकोटी, लक्ष्मीप्रसाद कँडेल, प्रवेशराज जोशी, ईश्वरीप्रसाद अधिकारी, दीपकराज वली, दामोदर भुसाल, डा. हेमन्तकुमार रौनियार, कृष्ण खड्का, बालकृष्ण केसी र प्रवीण गुरुङले संयुक्त लगानीमा पसल सञ्चालनमा ल्याउनुभएको हो । पसल सञ्चालनमा मेडिकम फर्मा घोराहीको विशेष सक्रियता रहेको बताइएको छ ।

उद्घाटन कार्यक्रम लक्ष्मीप्रसाद कँडेलको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सञ्चालन ईश्वरीप्रसाद अधिकारीले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस