दाङ, ११ असार । दार्मा गाउँपालिका सल्यानले आ.व. २०७८/०७९ का लागि ३९ करोड ७० लाख ४० हजारको बजेट सार्वजनिक गरेको छ । दार्मा गाउँपालिका उपाध्यक्ष टीका शर्मा ओलीले बिहीबार दार्मा गाउँपालिकाको नवौँ सभामा बजेट पेश गर्नुभएको हो ।

प्रस्तुत बजेटमा ३४ करोड ८४ लाख ३७ हजार संघीय सरकारबाट, ४ करोड १ लाख २० हजार ७ सय १७ रुपैयाँ प्रदेश सरकारबाट र ८४ लाख ८२ हजार २ सय ८३ पालिकाको स्रोतबाट बजेट विनियोजन गरिएको छ ।बजेटमा उत्पादन तथा नागरिक स्वास्थ्यलाई विशेष महत्व दिई बजेट विनियोजन गरिएको छ । विनियोजन गरिएको बजेटमा कृषि क्षेत्रका लागि ४५ लाख, पशुपालनमा ३४ लाख खेलकुदमा ६ लाख रहेको छ । त्यसैगरी संघीय सरकारबाट प्रधानमन्त्री रोजगार कार्यक्रममा ६ करोड ८६ लाख २६ हजार रकम प्राप्त भएको छ ।

यस वर्ष गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि ७ करोड १० लाख रकम विनियोजन गरिएको छ । गाउँपालिकामा सडक पूर्वाधार विकासका लागि ४ करोड १४ लाख बजेट छुट्याइएको गाउँपालिका उपाध्यक्ष टीका शर्मा ओलीले सभामा बजेट पेश गर्नुभएको थियो ।

गाउँपालिकामा पालिका अस्पताल निर्माणका लागि १८ करोड बजेट विनियोजन गरिएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस