दाङ । दण्डीराम चौधरी । नेकपा एमालेको एक सच्चा, बफादार, बौद्धिक, सालिन, भद्र र इमान्दार नेताकारुपमा परिचित नाम । बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट लमही नगरपालिकाका मेयरका उम्मेदवार चौधरी समाजिक क्षेत्रमा निकै सकृय हुनुहुन्छ ।

जेसीसबाट खारिएको नेतृत्व र लमही जेसीसको अध्यक्ष कुसलता पुर्वक सम्पन्न गरेका चौधरी नेकपा एमालेको सशक्त एवम् महत्वोपुर्ण संगठन युवा संघ नेपालको दाङ जिल्ला उपाध्यक्ष चलाइ सक्नुभएका वयक्तित्व हुनुहुन्छ । उहाँ अजम्मरी सामुदायिक वनको कोषाध्यक्ष जस्तो पदको जिम्मेवारी पनि सफलता पुर्वक बहन गरिसक्नुभएको छ ।

लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको नेतृत्व कुसलता पुर्वक निर्वाह गरेको अनुभव बटुल्नुभएका चौधरी नेकपा एमाले चैलाही गाउँ कमिटीको अध्यक्षको कार्यकाल पनि सफलतापूर्वक सम्पन्न गर्नुभएको थियो ।

नेकपा एमालेको पार्टी जीवनको विशम घडीमा जिल्ला कमिटी सदस्यको जिम्मेवारी निर्वाह गर्नुभएका उहाँ नेकपा एमाले लमही नगरका बहालवाला अध्यक्ष हुनुहुन्छ । एक कर्मठ, इमानदार, जुझारु थारु समुदायको मनमनमा बून सफल उहाँ लमही नगरपालिकाको मेयरमा एमालेबाट उठेपछि अन्य पार्टीबाट एमाले प्रबेश गर्नेको लहर समेत चलेको छ । अहिले लमही नगरपालिका एमालेमय भएको छ ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस