घाेराही । वैशाख ३० गते हुन लागिरहेको स्थानीय तहको निर्वाचनकालागि नेकपा एमाले घोराही उपमहानगरपालिका वडा नम्वर १४ ले तयार गरेको ५१ बुदे प्रतिबद्धतापत्र निर्वाचन प्रचारप्रसार अभियानकैक्रममा सार्वजनिक गरिएको छ ।

नेकपा एमालेले यस पटक घोराही १४ बाट अध्यक्षमा भानसिंह बुढा मगर, खुल्ला सदस्यमा जोधन चौधरी (जगत), नारायण गुप्ता, महिला सदस्यमा रचना कुमाल र दलित महिला सदस्यमा पुष्पा परियार राउतलाई निर्वाचनमा अगाडी बढाएको छ ।

घोराहीको मुख्य बजार रहेको वडा नम्वर १४ मा राजनीतिक, सामाजिक, व्यवसायीक, विभिन्न पेशाव्यवसायमा आबद्ध व्यक्ति देखि सर्वसाधारण मजदुरहरुको बाक्लो बसाई छ । यस पटक नेकपा एमालेले समावेशी चरित्रको र लामो समयदेखि राजनीति र सामाजिक सेवा तथा पेशा व्यवसायमा अग्रसर व्यक्तिहरुलाई घोराही १४ बाट उमेदवार बनाएको छ ।

घोराही १४ को निर्वाचन प्रचारप्रसारमा पनि लामो समयदेखि राजनीति, पेशाव्यवसायमा जिल्लामै पहिचान बनाएका व्यक्तिहरु दत्तचित्त भएर लागेको देख्न सकिन्छ । शनिबार विहान झिंगौराको चौधरी बस्ती हुँदै स्यानी अम्बापुर, अटोटाउन क्षेत्रमा एमालेको दर्जनौ झण्डा, व्यानरसहित ठूलो संख्यामा प्रचारटोली उमेदवारहरुसहित जनताको घरदैलोमा पुगेको थियो ।

यहीक्रममा दाङका हस्तीहरु रामदयाल गुप्ता, हेमराज बञ्जाडे, नारायण भुसाललगायतको उपस्थितिमा वडाले तयार पारेको ५१ बुद्धे प्रतिबद्धता पत्र सार्वजनिक गरिएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस