दंगीशरण । दंगीशरण गाउँपालिका वडा न. १ फुर्केसल्ली, साङ्लेबासीले एमालेलाई जिताउने बताएका छन । दंगीशरण गाउँपालिका वडा न. १ फुर्केसल्ली, साङ्ले लगाएतका नागरिकले एमालेलाई जिताउँने बताउँदै जितेपछि पक्की बाटो, विजुलीको सुविधा गराउन अनुरोध गरेका छन । ‘अघिल्लो सरकारले सडक बनायो, विजुलीको पोल र तार लगायो अव पक्की बाटो, विजुलीको सुविधा गराउँनुहोला हामी सूर्यमा भोट हाल्छौ’ एक बृद्ध नागरीकले भने ।

खासगरी फुर्केसल्लीका नागरीकहरुका लागि मुख्य समस्या भनेको नेटवर्क र बाटो हो । खानेपानी ट्याङकी र कुवाँ निर्माण पश्चात कहि हदसम्म यसको समस्या टरेर गएको छ । ‘खेतीपाती गर्दा वँदेलले खाएर सक्छ । तारजालीको ब्यवस्था गरीदिनुहोला’ ७० वर्षीय बृद्धले समस्या देखाए । ‘एमालेले दिएको बृद्ध भत्ता लिन समस्या भएको छ, बैंक पारी छ बाटो पक्की गराईदिनुस’ उनले भने ।

घरदैलो कार्यक्रम गर्दै दंगीशरण गाउँपालिकाका नेकपा एमालेका उम्मेद्धार एम एन शाह गाउँपालिकाको विकट वडाको रुपमा परिचित वडा न. १ को पुर्केसल्लीमा पुग्दा आफनो जित पश्चात शुरुमा बबई पारीका जनतालाई सुविधामुखी बनाउँने प्रतीबद्धता ब्यक्त गरे ।

घरदैलोमा फेरी पनि उम्मेद्धार बनेका वडा अध्यक्ष श्रीप्रशाद चोधरीले बाँकी रहेका काम र नयाँ योजना संगसर्गै लैजाने भनेर फेरी उम्मेद्धार भएर आएको भन्दै फेरी पनि सहयोग गर्न दंगीशरण १ बासीहरुलाई आग्रह गरे ।

पाचँ वर्षको कार्यकालमा वडा न. १ मा एमाले बाट निर्वाचित वडा न. १ का वडा अध्यक्ष श्रीप्रशाद चौधरीले त्यहाका नागरीकहरुका लागी ६ वटा खानेपानी ट्यांकी निर्माण, १२ वटा कुवा निर्माण, सिचाईका लागि लिफ्ट सिचाई, कुलो निर्माण, डिप वोरीङ्ग, सिचाइृका लागि बाँध निर्माण, सिचाई ट्यांकी, पाईप विस्तार लगाएतका कार्य सम्पन्न गरेको छ ।

यस्तै दर्जनौँ कल्भर्ट निर्माण, फुर्केसल्ली सम्म पुग्नका लागि सडक निर्माण, सडक ग्राभेल, नयाँ ट्रयाक निर्माणका दर्जनौँ योजनाहरु सम्पन्न गरेको छ । वडामा वारीपारी गर्न नागरीकहरुलाई निकै सकस थियो अहिले ३ वटा झोलुंगे पुल बनेपछि नागरीकहरुलाई आवतजावतमा सहज भएको देख्न सकिन्छ । पहिलेको विकट वस्ती र पाचँ वर्षको अन्तरालपछि फुर्केसल्ली लगाएतका वस्तीमा धेरै फरक देख्न सकिन्छ । खोलाको पानी पिउँने नागरीकहरु अहिले स्वच्छ खानेपानी पिईरहेका छन् । अहिले मुख्यत खानेपानीको समस्या टरेको छ ।

एमालेले जितेपछि जनताको पक्षमा काम गर्छ भन्नेमा त्यहाँका स्थानिय ढूक्क देखिन्छन । त्यहाँका स्थानिय एमालेका उम्मेदवारलाई जिताउन र सूर्य चिन्हमा मतदान गर्न आफूहरु आतुर रहेको बताउँदै आएका छन ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस