सन्जु चौधरी । घोराही उप महानगरपालिका वडा नम्बर ७ नेकपा एमालेको पक्षमा व्यापक जनलहर देखिएको छ । बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनका लागि गरीएको प्रचार प्रसार एवं घरदैलो कार्यक्रममा व्यापक जनसहभागिता देखिएको हो ।

नेकपा एमाले घोराही ७ का अध्यक्ष विकास चौधरीको नेतृत्वमा सयौंको संख्यामा एमालेका नेता, कार्यकर्ता र स्थानीय एमालेको प्रचार प्रसारमा लागेका छन । नेकपा एमालेका तर्फबाट घोराही ७ को अध्यक्षका उम्मेदवार खोपीराम चौधरी, सदस्यहरु कलवीर चौधरी, राजेश चौधरी, यमकला कु.पुन, गोमा नेपाली पार्टी कार्यकर्ता र स्थानियको साथमा चुनाव प्रचार प्रसारमा सकृय छन । घोराही ७ मा प्रचार प्रसार र स्थानियको धारणा बुझ्दा एमालेले जित्ने देखिन्छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस