कालिकोट । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका नेता तथा कालिकोटको नरहरीनाथ गाउँपालिकाका निवर्तमान अध्यक्ष एवं अध्यक्ष उम्मेदवार धिरबहादुर विष्टलाई स्थानीय युवाले कान समातेर उठबस गराएका छन् ।

सरकारी गाडी दुरुपयोग गर्नूका साथै सार्वजनिक स्थलमा मदिरापान गरेको भन्दै स्थानीय युवाले बिष्टलाई माफी मगाउँदै कान समातेर उठबस गर्न लगाएका हुन् ।

स्थानीय युवाहरुले विष्टसँगै मदिरा सेवनमा सहभागी नरहरीनाथ– ७ का वडाअध्यक्ष दलबहादुर विश्वकर्मालाई पनि कान समातेर उठबस गराएका छन् । उनीहरुले उठबस गराएको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

भिडिओमा देखिन्छ– सुर्खेतको एक होटलमा सरकारी गाडीसहित उनीहरु मदिरा सेवन गरिरहेको अवस्थामा केही युवा फेला पार्छन् । विष्टले माफी माग्छन् । र पनि उठबस गराएरै छाड्छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट निर्वाचित विष्टले केही दिनअघि अध्यक्ष पदबाट राजीनामा दिनुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस