दंगीशरण, २० बैशाख । बैशाख ३० गते हुन गईरहेको स्थानिय तह निर्वाचन नजिकीँदै गर्दा दंगीशरणमा पनि चुनावी माहोल तातेको छ ।
आज नेकपा एमालेले दंगीशरणमा नाच्दै गाउँदै घरदैलो गरेको छ ।

नेकपा एमालेकी केन्द्रिय सदस्य कोमल वली दंगीशरण पुगेपछि घरदैलोमा नाचगान भएको थियो । गाउँपालिकामा एमालेबाट अध्यक्ष पदका उम्मेद्धार मेघनाथ (एम.एन) शाहको टिमलाई जिताउन भईरहेको घरदैलो कार्यक्रममा महिला, युवा देखि जेष्ठ नागरीकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

अध्यक्ष पदका उम्मेद्धार मेघनाथ एम.एन शाह, बुधनी चौधरी ‘विजया’, वडा न. ३ का वडा अध्यक्ष पदका उम्मेद्धार तक बहादुर चौधरी, वडा न. ६ का वडा अध्यक्ष पदका उम्मेद्धार लिलाधर वली, वडा न.७ का वडा अध्यक्ष पदका उम्मेद्धार रेशम वली र सदस्य पदका उम्मेद्धार र स्थानीयको व्यापक जनसहभागीतामा घरदैलो सम्पन्न भएको छ । आज वडा न. ३ हेकुली, वडा न. ६ को श्रीगाउँ, थपगाउँ लगाएत वडा न. ७ का विभीन्न टोल तथा गाउँमा चुनावी घरदैलो सम्पन्न भएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस