देउखुरी, २२ बैशाख । नेकपा एमालेको चुनावी अभियान देउखुरीमा व्यापक बनेको छ । देउखुरीका चार स्थानीय तहमा एमालेका उम्मेदवार बिजय बनाउने अभियान अन्तरगत पहिलो चरणको घरदैलो अभियान अन्तिमचरणमा पुगेको छ । मतदाताहरु एमालेका उम्मेदवारलाई बिजय बनाउन उत्साहित रहेको नेकपा एमाले लमही नगरपालिका मुल परिचालन समितिका संयोजक रतनकुमार केसीले जानकारी दिनुभयो ।

देउखुरीको लमही नगरपालिका, राप्ती गाउँपालिका, गढवा गाउँपालिका, राजपुर गाउँपालिकामा चुनावी अभियान व्यापक बनेको हो । वडा र पालिका स्तरबाट दुई चरणमा प्रचारप्रसार तथा घरदैलो अभियान चलिरहेको हो ।

राजपुर गाउँपालिकाको सबै वडा र पालिकामा एमालेको नेतृत्व बिजय हुने निस्चित जस्तै छझनेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य धुब्र आचार्यले भन्नुभयो–ञयसपालि राजपुरमा एमालेले इतिहास रच्दै छ ।

गढवा गाउँपालिकामा इतिहास दोहोर्याउन एमाले अघि बढेको छ । पालिका अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवारले जित्ने, वडामा पनि यसपालि एमालेको सरकार बन्नेगरि अभियान केन्द्रित भएको छ । राप्ती गाउँपालिकामा पनि एमाले नेतृत्व बिजय हुने देखिन्छ । अहिलेसम्मको तयारी र मतदाताको उत्साहले यसको संकेत गरेको दावी गरिएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस