तुलसीपुर । बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनको लागि नेकपा एमालेले तुलसीपुरका १९ वटा वडामा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । केहि वडामा भने आज मात्रै घरदैलो कार्यक्रम सकिएको एमाले निर्वाचन परिचालन कमिटिले जानकारी दिएको छ ।

घरदैलो सकिएका वडामा भने एमालेले अव टोल भेला र सभाको आयोजन गर्ने छन । बैशाख १२ गते मनोनयन दर्ता गरेपछि सुरु भएको घरदैलो कार्यक्रम सम्पन्न भएको हो । जनताको घर घरमा गएर एमालेले विचार र आफ्ना योजना सुनाउदै एमालेलाई जिताउनको लागी मत मागेका छन ।

यसैविच तुलसीपुर ६ नम्बर वडाले आज मात्रै घरदैलो सकको छ । वडाले अब चुनावि सभाहरु गर्ने छ । वडाध्यक्ष पदका उम्मेदवार दुजमान भण्डारी बर्षातले ब्यवस्थित डिजिटलाईज वडा का रुपमा विकास गर्ने गरि जनताको घरदैलोमा पुगेको बताएका छन । वडा सदस्य हुदा जनताको सेवामा तत्पर रहेकोले आफुलाई जनताले जिताउनेमा विश्वस्त रहेको बताएका छन । त्यसैगरी तुलसीपुरका अन्य वडामा एमाले जिताउनका लागी टोलमा भेला तथा सभाहरु सम्पन्न भएका छन ।

यसैविच मेयर पदका उम्मेदवार टिकाराम खड्काले जनताको विकासको लागी एमाले पार्टि मात्रै रहेकोले देशभर जनलहर भएको बतताएका छन । तुलसीपुर १४ को ड्वाङपुरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले पाच दलिय गठबन्धन स्वार्थको निम्ती भएको त्यो कुरा जनताले बुझिसकेको हुदा बैशाख ३० को निर्वाचनमा एमालेलाई जिताउने बताएका थिए ।

त्यसैगरी श्वास्थ्य, शिक्षाका क्षेत्रमा आमुल परिवर्तन ल्याउने प्रतिबद्धता जनाएका थिए । महिलाको स्वास्थ्य समस्यालाई निशुल्क उपचारको ब्यवस्था गर्ने बताएका थिए । यस्तै उपमेयर पदका उम्मेदवार स्यानी चौधरीले समृद्ध तुलसीपुर बनाउन शुसासन आवस्यकता रहेकोले त्यस तर्फ आफ्नो ध्यान जाने बताएका थिईन ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस