देउखुरी, २३ बैशाख । नेकपा एमालेले गढवा गाउँपालिका–६ गढवामा बृहत चुनावी घरदैलो आयोजना गरेको छ । एमालेको चुनावी अभियान व्यापक बन्दै गएको हो । जस अन्तरगत शुक्रबार गढवामा बृहत चुनावी घरदैलो आयोजना गरिएको हो ।

गाउँपालिका अध्यक्षमा सहजराम यादव, उपाध्यक्षमा सीता चौधरी उम्मेदवार बन्नु भएको छ । वडा नम्बर ६ मा खिमबहादुर बुढाको नेतृत्वको टोली छ । एमालेको जित सुनिश्चित भएको नेकपा एमाले केन्द्रीय लेखा आयोग सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माले बताउनु भयो ।

परमादेशी सरकारको बहिर्गमन जनताको मतबाट गरिने बताउनु भयो । घरदैलो अभियानमा नेकपा एमाले पोलिटव्यूरो सदस्य शान्ता चौधरी, केन्द्रीय अनुसासन आयोगका सदस्य सरस्वती गौतम लगायतको बिशेष उपस्थिति थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस