दंगीशरण, २३ बैशाख । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमाले दंगीशरण गाउँपालिकाले घरदैलो अन्तीम चरणमा अन्तिम चरणमा पु¥याएको छ ।

एमालेले यतीबेला टोलसभा कार्यक्रमलाई अगाडि सारेको एमाले दंगीशरण गाउँपालिकाले जनाएको छ । मतदाताहरु लाई भोट हाल्न सिकाउँदै टोल सभा, भेटघाटलाई तिव्रता दिएको एमालेले घरदैलो कार्यक्रम भने अन्तीम चरणमा पुगेको एमाले निर्वाचन परिचालन कमिटीले जनाएको छ ।
घरदैलो कार्यक्रम सकिएका वडामा टोल भेलाको आयोजना गर्नेछन् ।

मदतादाहरुको घररघमा गएर एमालेले आफना एजेन्डा सुनाउँदै भोट माग्नमा ब्यस्त छन् । दंगीशरणमा एमालेका वडा अध्यक्षहरुले वडामा घरदैलो अभियान कार्यक्रम सम्पन्न गरेका छन् भने सिंगो गाउँपालिकाका अध्यक्ष पदका उम्मेद्धार र उपाध्यक्ष पदका उम्मेद्धार घरदैलो कार्यक्रममा ब्यस्त छन् ।

अध्यक्ष पदका उम्मेद्धार मेघनाथ शाह (एम.एन.) ले दंगीशरणका जनताहरुका लागि नयाँ भिजनका साथ विभिन्न योजना सहित अगाडि बढ्ने प्रतिवद्धता जनाउँदै बैशाख ३० मा सुर्य चिन्हमा मतदान गर्न अपिल गरेका छन् ।

आज दंगीशरण ६ लेटार, दंगीशरण २ सरुवाडाँडा लगाएतका ठाउँमा टोल भेला संगै घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस