घोराही । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजबादीमा एकपछि अर्को पहिरो जानेक्रम जारी छ । यही क्रममा समाजबादीका हस्तीहरुसहित दलित नेताहरु एमालेमै फर्किनु भएको छ ।

समाजबादीको प्रदेश कमिटीका सचिवालय सदस्य तथा दलित नेता बासुदेब बिक एमालेमा फर्कनु भएको छ । समाजबादीले आफ्नो हैसियतलाई लिलाम गरेको भन्दै बिक एमालेमा फर्कनु भएको हो ।

उहाँ एमालेका पुराना दलित नेतामा गनिनु हुन्छ । यसैगरी एमालेको जनसंगठन मक्ति समाजको दाङ जिल्ला अध्यक्षको भूमिका कुशलता पूर्वक निर्वाह गर्नु भएका अर्का दलित नेता टंकसिंग सुनार पनि एमालेमा फर्कनु भएको छ ।
उहाँलगायत समाजबादीमा जानु भएका अन्य थुप्रै दलित नेताहरु एमालेमा फर्किएको र अरु पनि फर्कने क्रम रहेको सुनारको भनाइँ छ । उहाँहरु सबैलाई एमाले नेता मानबहादुर विक, चूर्ण बहादुर नेपालीलगायतकाले एमालेमा स्वागत गर्नु भएको हो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस