घोराही । नेकपा एमालेप्रतिको जनलहर बढि रहेको समयमा लामो समयदेखि कांग्रेसमा क्रियाशिल तरुण दल दाङका क्षेत्रीय उपसभापति दिर्घनारायण विष्ट एमाले प्रवेश गर्नुभएको छ ।

२०५४ सालदेखि आफू कांग्रेसमा क्रियाशिल रहेको र सिंगो घरपरिवार नै कांग्रेसको कार्यकर्ता भएपनि पछिल्लो समयमा कांग्रेसले माओवादीलगायतका दलहरुसँग अपवित्र साँठ गाँठ बढाएकाले आफू र आफ्नो परिवार बाध्य भएर एमाले प्रवेश गरेको विष्टको भनाइँ छ ।

विष्टले एमालेले मुलुकको समृद्धि र विकास गर्न सक्ने विश्वास आमजनमानसमा बढाएकाले समृद्धि र विकास चाहने सबैलाई एमालेमा समाहित हुन र सूर्य चिन्हमा मतदान गर्न अनुरोध गर्नुभयो । आफू कुनै पदको लोभमा एमाले प्रवेश नगरेको र एमालेमा क्रियाशिल भएर काम गर्ने इच्छ रहेको उहाँको भनाइँ छ ।

विष्टलाई एमाले पोलिटव्यूरो सदस्य नरुलाल चौधरीले टिका लगाएर पार्टी प्रवेश गर्नु भएको हो । एमाले प्रवेश गर्नु भएका विष्ट हाल घोराही उपमहागरपालिका वडा नम्वर १४ मा बसोबास गर्नु हुन्छ ।

घोराही क्षेत्रमा व्यवसायी गर्ने र राजनीति गर्ने युवा जमातबीच विष्ट लोकप्रिय हुनुहुन्छ । उहाँको प्रवेशले कांग्रेसलाई ठूलो धक्का लाग्ने बताइएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस