प्रकाश खनाल, लमही । नेकपा एमालेले लमही नगरपालिका स्तरीय चुनाव प्रचारप्रसार अभियानलाई व्यापक बनाएको छ । पहिलो चरणको घरदैलो कार्यक्रम सम्पन्न गरेर दोस्रो चरणमा जनपरिचालन गरेर चुनावी प्रचार अभियान तिब्र पारिएको हो ।

नेकपा एमालेका केन्द्रिय लेखा आयोग सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य माननीय सांसद रेवतीरमण शर्माको बिशेष कमान्डमा शनिबार लमही नगरपालिका वडा नं. ७ का विभिन्न वस्तीमा जनपरिचालन मार्फत चुनाव प्रचारप्रसार गरिएको छ । करिब एक हजार जनाको उपस्तिथीमा चुनावी प्रचारप्रसार थालिएको छ ।

नेकपा एमाले लमही नगरपालिका मेयर पदका उम्मेदवार दण्डिराम चौधरी, उपमेयर पदका उम्मेदवार शुसीला शर्मा, वडा नं. ७ का वडा अध्यक्षका उम्मेदवार ओमराज गिरी लगायत वडा सदस्य एवम् पार्टीका जिम्मेवार नेता, कार्यकर्ताको सहभागीतामा कार्यक्रम भएको हो । कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटि सदस्य नारायण डिसी छम्पाली, जिल्ला सदस्य पवन शर्मा रिजाल, शिवराज गिरी, भगवता बस्नेत, सिता नेपाली लगायत नेता तथा कार्यकर्ताको सहभागीता थियो ।

कार्यक्रमको सहजीकरण नगर सचिव भानु जोशीले गर्नु भएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस