दिप्तीशिखा चौधरी ।

सामान्य घरपरिवारमा जन्म लिएकी विजयाको वास्तविक नाम बुधनी चौधरी हो । उनी दंगीशरण गाउँपालिका वडा न. ५ निवासी हुन् । सामान्य किसानको छोरी पढेर केहि गर्नुपर्छ भन्ने उमेरमा नै विहे भयो । पढ्ने उमेरमा विहे भएपछि घरब्यवहारले च्याप्यो । पढ्ने रहर खुबै थियो तर परिवारले साथ दिएन । सोचे भन्दा फरक भईदियो विहेपछिको जिवन । नत सरल भयो नत सहज ।

‘छोरी को जन्म हारेको कर्म’ जहिले यहि दिमागमा आउँथ्यो उनी विगत सम्झीन्छीन् । दुई छोराहरु हुर्किसकेपछि उनी केहि गर्छु भन्दै ओरेक सस्ंथामा आवद्ध भईन् । महिला एकता सामुदायीक सस्ंथा सामाजिक परिचालक र स्वास्थ्य परामर्शकर्ताको रुपमा एक वर्ष चार महिना काम गरिन् । त्यहा काम गर्ने अवसर मिलेपछि केहि सिक्ने मौका मिल्यो अनी मात्र जिवनमा केहि गर्नुपर्छ भन्ने आशा जगाएको उनी सुनाउँछिन् ।

‘पारीवारीक पृष्ठभूमि केहि असहज भएपनि वर्तमानलाई कहिले पनि दुःखी आँखाले हेरीन । जिवन छ रत बाँच्ने कला छ भन्दै अगाडि बढेँ । महिलाहरु आफैँ जिवनमा दुःख छ भन्दै जती कुरीएर बस्यो उती नै दुःख र पिडाले झन घेर्दो रहेछ । त्यहि भएर म सामाजीक अभियानमा लागे, आफनो क्षमताको विकास संगै सामाजिक उत्तरदायीत्वले बाँच्ने प्रेरणा मिल्यो । अनी केहि गर्ने आशा पलायो ।’ विजयाले जिवनमा भोगेका अनुभव सुनाईन् ।

‘जिवन यहि हो भन्दै दुःखहरु संग खेल्दै अप्ठेरो परिस्थितीबाट गुज्रीदै थिए । केहि समयपछि आफैँमा केहि गर्छु भन्ने आट आयो चेतनाका पखेटाहरु पलाए अनी मात्र सामाजिक कार्यमा सक्रिय भए । आफुले नभोगेका कुनै चिज छैन । त्यसैले हरेक महिलाहरु सक्षम हुन जरुरी छ जस्तो लाग्छ मलाई ।’ उनी जिवनका बारेमा सुनाउँदै गईन म सुन्दै गए । लाग्यो हरेक महिलाहरुको सोचमा परिवर्तन हुन जरुरी छ ।
सामाजीक कार्य संगै उनी राजनीतीमा ईच्छा देखाईन् । जनताको सेवा सामाजीक कार्य संगै अरु दवीएका महिलाहरुको आवाज बाहिर ल्याउँछु र एक सक्षम महिला बन्नको लागि अरु महिलाहरुमा पनि उत्प्रेरणा जगाउँछु भन्दै २०६६ सालबाट नेकपा एमालेको कार्यकर्ता भएर राजनीतीमा सक्रियता देखाईन् । पार्टिमा सक्रिय महिला कार्यकर्ताको रुपमा लागेपछि उनी २०७४ को चुनावमा महिला सदस्यमा उम्मेद्धारी दिईन । चुनाव पनि लडिन । आठ भोट ले पराजित भईन् ।

उनी भन्छिन् ‘पश्चिम दाङको विकास एमालेले गर्न सक्छ, पाँच वर्षमा एमालेले धेरै विकासका काम ग¥यो त्यसैले एमाले पार्टि जनताको पार्टि हो भन्दै एसपाली पनि एमाले बाट उम्मेद्धारी दिएकी हुँ । एमालेका जुझारु नेता, विकास प्रेमी नेता स्व. उत्तर कुमार वली हाम्रा लागि पश्चिबासीका लागि अभिभावक नै थिए । उनको सपनालाई पुरा गर्न हामी कार्यकर्ता लाग्नुपर्छ भन्ने मेरो धारणा हो ।’

टेष्ट पास गरेकि विजया काम गर्ने क्रममा योग्यता पनि चाहिदोरैछ भन्ने कुरा अनुभव गरिन् सोहि अनुरुप यस वर्ष एस.ई.ई परिक्षा दिएकी छिन् । टेष्ट मात्र पास गरेकि विजया गाउँका अरु दिदिबहिनीहरुलाई नाम लेख्न सिकाउँनुपर्छ भन्ने लाग्थ्योँ । अक्षर चिनेपनि महिलाहरु केहि गर्न सक्छन् भन्ने मनसाय थियो । गाउँमा महिला साक्षरता पढाई शुरु गरिन् संगसंगै बाल विकास कार्यक्रम संचालन गरिन् । यी दुई वटा कार्यक्रम पाँच वर्षसम्म संचालन गरिन् । यो कक्षा लिएका गाउँका केहि महिला दिदिबहिनीहरु अहिले नाम लेख्न सिकेका छन् ।

उनी भन्छीन् ‘ती महिला दिदिबहिनीहरु अहिले नाम लेख्न ,हिसाव गर्न जानेका छन् । अहिले त्यो देख्दा आनन्द लाग्छ ।’
त्यसपछि उनी ओरेक मार्फत महिला अधिकारका क्षेत्रमा काम गर्न थालीन् । दुंःखलाई आत्मसाथ गर्दै जिवन चलाउँदै आएकी बुधनी महिलाहरुका लागि केही गर्नुपर्छ ,महिला सक्षम हुनुपर्छ भन्ने सोच लिएर राजनीतीमा प्रवेश गरिन् । संघर्ष उनको जिवनको साथी बनेको छ । उनी संघर्षलाई साथीको रुपमा लिन्छिन् । बोलेर नभई काम गरेर सामाजीक बन्न रुचाउँने बुधनी पछिल्लो समय राजनीतीक क्षेत्रमा सक्रिय महिलाका रुपमा लागिपरेकि छिन् ।

उनी भन्छिन – ‘दंगीशरण थारु जातीको बाहुल्यता भएको गाउँपालिका हो । थारु समुदायको हकहितका लागि थारु महिला होस् या पुरुष नेतृत्व तहमा आउँन जरुरी छ । नत्र भने हाम्रा संस्कार, परम्परा सबै हराएर जान्छन् । दंगीशरणलाई थारु जातीको बसोबास रहेको गाउँपालिकाको रुपमा चिनाउँन जरुरी छ । यस क्षेत्रलाई पर्यटकिय क्षेत्रको रुपमा परिचित गराउँन जरुरी छ । यो अभियान म स्वंम र मेरो पार्टिले लिएको छ ।’

राजनीतीक क्षेत्रमा सक्रिय भएर लागेकि बुधनीको आठ वर्ष भयो । छोटो समयमा धेरै कुराको ज्ञान बटुलेकी बुधनी सामाजीक कार्य राजनीती क्षेत्रमा आएर गर्छु भन्ने मनसाय बोकेर अहिलेको चुनावमा पनि नेकपा एमालेको तर्फबाट उपाध्यक्ष पदमा उम्मेद्धारी दिएकि छिन् । दंगीशरणका सम्पुर्ण मतदाताहरुले यसलाई साथ र सहयोग गर्नेमा उनी ढुक्क छिन । उनको प्रतीवद्धता छ –‘महिलाहरुको स्तरबृद्धि गर्ने, क्षमतामुलक कार्यक्रम, शसक्तिकरणका कार्यक्रम, उधमशिलता, ब्यवसायीमूलक कार्यक्रम, जेष्ठ नागरीक, बालबालीका र समग्र समृद्ध दंगीशरणका लागि कार्यक्रम र योजनाहरु संचालन गर्नका लागि लागिपर्नेछु ।’

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस