सन्तोष दहित ।
बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि दाङको एक वडामा सवै महिला उम्मेदवार बनेकाछन् । लुम्विनी प्रदेशको स्थायी राजधानी तोकिएको भालवाङसंग जोडिएका गढवा गाउँपालिका वडा नं. ५ मा नेकपा एमालेले सवै पदमा महिला उम्मेदवार बनाएको छ ।

एमाले दाङले गढवा ५ को वडा अध्यक्षमा सिता थापालाई उम्मेदवारी बनाएको हो । यस्तै खुला सदस्यमा बर्षा पाण्डे, शान्ती चौधरी, महिला सदस्यमा प्रतिमा चौधरी र दलित सदस्यमा जिबी विश्वकर्मालाई उम्मेदवारी बनाएको छ । त्यस्तै सोहि वडामा थापाकी दाई मेघराज थापालाई नेपाली काँग्रेसले वडा अध्यक्षको उम्मेद्वारी बनाएको छ भने नेकपा माओवादी केन्द्र र नेकपा समाजवादीले तालमेल गरेर वडा समाजबादीको तर्फबाट सन्दिप आचार्यलाई उम्मेदवारी बनाएको छ ।

त्रिपक्षीय प्रतिस्पर्धा हुने वडा अध्यक्षमा आफ्नो प्रतिस्पर्धान भनेको काँग्रेसका उम्मेदार दाई मेघराज थापासंग हुने बहिनी सिता थापाले बताइन्, । ‘माइतका दाइ (मेघराज थापा) काँग्रेसबाट उठ्नुभएको छ, सिताले भनिन, म पनि एमालेबाट सोहि पदमा उठेको छु, तर, मेरो महोल दाइको भन्दा राम्रो छ ।’

‘हाम्रो पार्टीले हाम्रो वडामा सवै पदमा महिलालाई उम्मेद्वारी बनाएपछि वडाभरीका महिलाहरुले साथ दिनुभएको छ, सिताले भनिन्,–यदि पैसाको चलखेल भएन, भने हामी अवस्य जित्छौं ।’ आफु वडाको विकासका लागि संकल्प सहित योजनावद्ध रुपमा लागि परेकोले स्थानीयहरुले आफुलाई साथ दिइरहेको सिताले भनिन्, । ‘दिनमा अढाइतिनसय महिला दिदीवहिनी र दाजुभाइले घरदैलामा साथ दिइरहनुभएको छ, उनले भनिन्, आफु वडा अध्यक्षमा निर्वाचित भएपछि वडा नं. ५ पाँचलाई हरेक हिसबाले मैत्रिपुर्ण वडा बनाउने लक्ष्य छ ।’ गढवाको मात्र नभइ देशकै नमुना वडा बनाउने आफ्नो सपना रहेको समेत उनले सुनाइन ।

समृद्धि वडा सुखी नागरिक सहित महिलालाई जिविको पार्जन बनाउने, गरिब तथा विभिन्न परिवारको आर्थिक स्तर बढाउनको लागि घुम्ति कोष परिचालन, अनुदान कार्यक्रम संचालन गर्ने सुनाइन । त्यसैगरी शिक्षा, स्वास्थ्यमा सुधार ल्याउने, कृषकहरुको लागि विउविजन र प्रविधियुक्त यन्त्र सहयोग गर्ने सिताले बताइन ।

उक्त वडामा गत स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले जितेको थियो । तर यसपटक माओवादीले आफ्नो तर्फबाट उम्मेदवारी उठाएको छैन । समाजवादीको उम्मेद्वार आचार्यलाई समर्थन गरेको छ । वडामा ४ हजार २ सय वढि मतदाता रहेकाछन् ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस