दाङ–अनेरास्ववियु केन्द्रीय आयुर्वेद विद्यापीठ बेलझुण्डीको आयोजनामा रक्तदान कार्यक्रम गरिएको छ । दाङमा रगतको अभाव हुन नदिन आयोजना गरिएको कार्यक्रममा ३६ जनाले रक्तदान गरेका हुन ।

अनेरास्ववियु केन्द्रीय आयुर्वेद क्याम्पसका अध्यक्ष डा प्रशान्त श्रेष्ठको अध्यक्षता तथा नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद अध्ययन संस्थानका डिन डा मंगलाकान्त झाको प्रमुख आतिथ्य एवं नेकपा एमाले तुलसीपुरका अध्यक्ष माधब वलीको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय सदस्य सर्जन परियार, अनेरास्ववियु दाङ जिल्ला अध्यक्ष गोविन्द वस्नेत, उपाध्यक्ष गणेश खड्का,

अनेरास्ववियु नेसंवि राष्ट्रिय कमिटी सह सचिव रोहित सुवेदी र रक्त संचार सेवा केन्द्र घोराहीका प्रमुख दिलिप न्यौपानेलगायतले बोल्नु भएको थियो ।

कार्यक्रममा आज्ञा सुवेदी, आकृति न्यौपाने, अपेक्षा पोख्रेल, निश्चल रिजाल, हरि रिजाल, अभिमन्यु यादव, प्रतिभा गौतम, अजयकुमार यादव, हरीहर देवकोटा, एकराज सुवेदी, पेम डोल्मा शेर्पा, वर्षा ऐर, सर्जन परियार, गोविन्द बस्नेत, नवराज वली, अनिल पन्थी, गोपाल बिक, संंगम बिक, हरी पौडेलले रक्तदान गर्नु भएको थियो ।

यसैगरी मुकेश अधिकारी, दुर्गा न्यौपाने, लक्ष्मण ज्ञवाली, निराजन गौतम, निरज धामी, रमेश भट्ट, विनिता पाण्डे, सम्भावी बानीया, नुमा आङवो, कुन्दन कुमार जैसवाल, आकृति जोशीलगायतले रक्तदान गर्नु भएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस