गोकर्ण पौडेल

तुलसीपुर, २९ भदौ । तुलसीपुर उपमहानगरपालिकाले बजार सफा राख्नका लागि डस्टविन हस्तान्तरण गरेको छ । तुलसीपुर उपमहानगरपालिकाभित्र रहेको ऐतिहासिक बिजौरी बजार क्षेत्रलाई सफा र सुन्दर राख्नका लागि बजार क्षेत्रमा व्यवसायी गर्दै आएका व्यापारीलाई डस्टविन हस्तान्तरण गरेको हो ।

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले बजार क्षेत्रलाई सफा राख्नका लागि व्यापारीहरुलाई डस्टविन विगतदेखि नै हस्तान्तरण गर्दै आएको बताउनुभयो । उहाँले बजारलाई सफा र सुन्दर बनाए मात्रै ग्राहकलाई आकर्षण गर्न सकिने भन्दै जथाभावी फोहोर नफ्याँक्न आग्रह गर्नुभयो ।

बिजौरी उद्योग वाणिज्य संघका अध्यक्ष रेश्मीराज खड्काले उद्योग वाणिज्य संघले प्रत्येक शुक्रबार बजार क्षेत्र सरसफाई गर्दै आएको बताउनुभयो । उहाँले व्यवसायीहरुलाई प्लास्टिकजन्य वस्तु जलाउँदा स्वास्थ्यमा गम्भीर असर पुग्ने भन्दै डस्टविनमा राख्नका लागि आग्रह गर्नुभयो ।

तुलसीपुर उपमहानगरपालिकाका जिन्सी शाखा प्रमुख मस्तबहादुर थापाले पालिकाको ७५ प्रतिशत र उद्योग वाणिज्य संघको २५ प्रतिशत लगानीमा व्यवसायीहरुलाई एक सय ५० वटा डस्टविन हस्तान्तरण गरिएको बताउनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस