दाङ, २ असार । ग्रामीण महिला उत्थान केन्द्रको आयोजना तथा घोराही उपमहानगरपालिका वडा नम्बर १० को समन्वय र अमेरिकन लाईफ इन्सोरेन्स कम्पनी मेटालाईफ पुल्चोक ललितपुरको सहयोगमा घोराही उपमहानगरपालिका १० नारायणपुर स्थित शहरी स्वास्थ्य प्रबद्र्धन केन्द्रमा सिकलसेल एनिमियाको निःशुल्क जाँच शिबिर गरिएको छ ।
केन्द्रका अध्यक्ष आशमानी चौधरीको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरी शिविरको उद्घाटन गरिएको हो । कार्यक्रममा सहयोगी निकायसहित स्वास्थ्यसँग सरोकार राख्ने निकायका प्रमुख प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।
नारायणपुर क्षेत्रलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रममा नागरिकहरुको जाँच शिविरमा निकै उत्साहपूर्ण सहभागिता रहेको छ । शिविरमा आएकाहरुको निःशुल्क रगत जाँच गरिएको छ । जाँचबाट पोजेटिभ केश देखिएकाहरुलाई फेरि भेला गराई मनोसामाजिक पराशर्मसहित उपचारमा पठाइने छ ।
कार्यक्रममा नगर प्रमुख चौधरीले स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पत्ती भएकाले कुनै पनि रोगसँग खेलवाड गर्न नहुने बताउनुभयो । सिकलसेल एनिमियाका विषयमा स्थानीय सरकार गम्भीर रहेको भन्दै यसको उपचार र निदानमा कार्यक्रमहरु सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस