घोराही, २७ माघ । नेपाल औषधी व्यवसायी संघ दाङको दोस्रो अधिवेशन शनिवार घोराहीमा सम्पन्न भएको छ । संघ दाङका अध्यक्ष विष्णुप्रसाद पौडेलको अध्यक्षता तथा नेपाल औषधि व्यवसायी संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रामप्रसाद खरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । उक्त अवसरमा बोल्ने वक्ताहरुले औषधी व्यवसायीलाई राज्यले हेर्ने दृष्टिकोण सकारात्मक बन्नुपर्ने र व्यवसायी पनि थप जिम्मेवार बन्न आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा औषधी व्यवस्था विभाग नेपालगञ्जका अधिकृत धनवहादुर बोहरा, संघका केन्द्रीय सदस्य भुवनेश्वर बुढा, लुम्बिनी प्रदेश अध्यक्ष शिव ज्ञवाली, नेपाल थोक औषधी व्यवसायी संघका लुम्बिनी प्रदेश अध्यक्ष शालिकराम आचार्य, नेपाल फार्मेसी संघ दाङका अध्यक्ष सुलभ अधिकारी, नेपाल औषधी व्यवसायी संघ रुपन्देहीका अध्यक्ष खड्क बस्नेत, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

अधिवेशनमा पत्रकार चन्द्रप्रकाश नेपाली तथा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो । संघका उपाध्यक्ष मधुसुदन पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको उद्घाटन सत्रको सहजीकरण महासचिव श्यामकुमार गिरीले गर्नुभएको थियो ।

यस्तै संघको दोस्रो अधिवेशनले पुनः विष्णुप्रसाद पौडेलको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा मधुसुदन पाण्डे, उपाध्यक्ष खुद्रा श्यामकुमार गिरी, उपाध्यक्ष थोक अजयकुमार केसी, महासचिव सुनिलकुमार रेग्मी, कोषाध्यक्षमा राजिमान बुढा, सचिव गिरिराज वली र उपकोषाध्यक्षमा कृष्ण श्रेष्ठलाई चयन गरिएको छ । यस्तै सदस्यहरुमा दिपकराज वली, महेन्द्र रावत, वसन्त योगी, कृष्ण खड्का र भगिराम खड्कालाई चयन गरिएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस