घोराही, २९ माघ । दाङमै पहिलो पटक निसन्तानपन समस्या समाधान गर्न आइयुआई विधिद्वारा उपचार सुरु भएको छ । घोराही १५ बाट उच्चस्तरीय प्रविधिसहित विशेषज्ञ सेवा दिँदै आएको बुद्ध ईन्टरनेशलन हस्पिटलले दाङमै पहिलो पटक निसन्तानपन समस्या समाधान गर्न आइयुआई विधिद्वारा उपचार सुरु गरेको छ ।

बुद्ध ईन्टरनेशलन हस्पिटलले सेवाको सुरुवात गरेपछि आइयुआई विधिद्वारा गर्भाधारण गर्न बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको छ । आइयुआई विधिद्वारा गर्भाधारण गर्ने उपचार सुरु गरेको छोटो समयमै निसन्तानपनको समस्याबाट पीडित बनेका सेवाग्राहीको आकर्षण सेवाप्रति बढ्दो रहेको हस्पिटलले जनाएको छ ।

Intrauterine insemination (IUI) विधि भनेको प्रविधिको सहयोगले विर्यबाट स्वस्थ्य र गतिशील सुक्रकिट छुट्याई महिलाको पाठेघरमा  राख्ने विधि भएको बुद्ध ईन्टरनेशलन हस्पिटलमा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. विमला तिवारीले बताउनुभयो । निसन्तानपन समस्याबाट ग्रसित भएका दम्पतीका लागि यो विधि निकै उपयोगी मानिने उहाँले बताउनुभयो ।

विभिन्न कारणले पुरुषको शुक्रकिट उत्पादनमा कमी हुनसक्छ । निसन्तान भएका दम्पतीलाई उनीहरुको चेकजाँच गरी समस्या पहिचान गरी सोही अनुसार आईयुआईको सल्लाह दिने गरेको डाक्टर तिवारीले बताउनुभयो । पुरुषको विर्यमा सुक्रकिटको संख्या कम भएमा, गतिशील सुक्रकिट कम भएमा, सुक्रकिट नै नभएमा त्यसैगरी महिलाको पाठेघरको मुख साँघुरो भयर शुक्रकिट डिम्वसँग मिल्न नसकेमा, पाठेघरको PH ठीक नभएको लगायत समस्याका कारण गर्भधारण हुन नसकेको अवस्थामा यो आइयुआई गर्ने गरिन्छ ।

विर्यमा शुक्रकिट नभएमा वा स्वस्थ सुक्रकिट नभयमा Donor Sperm लिएर वा सुक्रकिट स्वस्थ भएमा आफ्नै दम्पत्तीको विर्यलाई परीक्षण गरी महिलाको डिम्व पूर्णरुपमा तयार भयको नभएको हेरी डिम्व तयार भएको अवस्थामा स्वस्थ र गतिशील सुक्रकिटलाई उपकरणको मद्दतले महिलाको पाठेघरमा राखी गर्भधारण गराइन्छ ।

बुद्ध इन्टरनेशनल हस्पिटलमा आइयुआई सेवा सँगसँगै निसन्तानसम्बन्धी सम्पूर्ण समस्याको नियमितरुपमा चेकजाँच तथा उपचार सेवा पनि डाक्टर तिवारीद्वारा प्रवाह भैरहेको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस