तुलसीपुर, १७ फागुन । तुलसीपुर उपमहानगरपालिकाभित्र साठी हजार छ सय ६४ जना बालबालिकाहरुलाई दादुरा रुबेला विरुद्धको खोप दिन थालिएको छ । फागुन २२ गतेदेखि चैत ४ गतेसम्म ९ महिनादेखि १५ वर्षसम्मका बालबालिकाहरुलाई  खोप दिन थालिएको हो । सबैभन्दा बढी वडा नम्बर ६ मा १३ हजार बालबालिकालाई खोप दिन थालिएको हो ।

गतवर्ष दाङ जिल्लामा ३९ जनालाई दादुरा रोग देखिएको थियो भने तुलसीपुर उपमहानगरपालिकामा मात्रै ११ जनामा देखापरेको थियो । बाल रोग विशेषज्ञ डाक्टर किशोर खत्रीका अनुसार एक जना दादुरा रोगको बिरामीबाट १८ जनासम्मलाई सर्ने गरेको छ ।  जनस्वास्थ्य प्रवर्द्धन शाखाका सम्पर्क व्यक्ति विमल केसीका अनुसार गतवर्ष ५७ हजार लक्ष्य राखिएकोमा ५६ हजार सात सय ४४ जना अर्थात ९९.६ प्रतिशत बालबालिकालाई खोप लगाइएको थियो । उहाँका अनुसार एड्स, क्षयरोग, उच्च ज्वरो आएको अवस्थामा बाहेक अन्य अवस्थामा बालबालिकाहरुलाई खोप दिन सकिनेछ ।

नगरप्रमुख टीकाराम खड्काले नेपाल सरकारले नै थालको अभियानमा स्थानीय सरकारको तर्फबाट खोेप अभियानलाई पूर्णरुपमा सफल पार्नका लागि सम्पूर्ण जनशक्ति तयार पारिएको बताउनुभयो । उहाँले खोप अभियानलाई सम्पूर्ण अभिभावकहरुले सहयोग गरे मात्रै बालबालिका स्वस्थ हुने बताउनुभयो ।

यसैबीच दादुरा रुबेला खोप अभियानका विषयमा सरोकारवाला, सञ्चारकर्मीबीच छलफल कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतको अध्यक्षता एवम् नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बाल रोग विशेषज्ञ डाक्टर किशोर खत्री, जनस्वास्थ्य प्रवर्द्धन शाखाका प्रमुख ओमप्रकाश न्यौपाने लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन  स्वास्थ्य शाखाका सम्पर्क व्यक्ति विमल केसीले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस