दाङ, २१ चैत । प्रतिनिधिसभा सदस्य माननीय मेनका कुमारी पोख्रेलले व्यावसायिक किसानहरुले रासायनिक मलको अभावमा अपेक्षित उत्पादन गर्न नसकेको बताउँदै सहज रुपमा मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद पोख्रेलले सहकारीमा आबद्ध नभएका किसानहरुका लागि विशेष व्यवस्था गरेर मल उपलब्ध गराउनुपर्ने धारणा राख्नुभएको हो । दाङमा व्यावसायिक खेती गर्नेहरुको संख्या बढिरहेको बताउँदै उहाँले किसानहरुको उत्पादन बृद्धिमा सहयोग गर्न सरकारसँग माग गर्नुभएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस