घाेराही, ९ चैत । घाेराही उपमहानगरपालिका वडा नं. १३ डुम्मरगाउँस्थित ज्ञानज्याेति एजुकेसनल एकेडेमीले प्राथमिक उपचार कक्ष सञ्चालनमा ल्याएकाे छ । शुक्रबार एक कार्यक्रमका बिच कक्ष सञ्चालन गरिएकाे शिक्षक नवीन आचार्यले जानकारी दिनुभयाे ।
८ ओटा बेडसहित सञ्चालनमा आएकाे प्राथमिक उपचार कक्षकाे शुभारम्भ स्वस्थ्यकर्मी (H.A.) बिक्रम बुढा मगरले गर्नु भएकाे थियाे । आगामी शैक्षिक सत्र २०८२ देखि एक जना नर्सकाे समेत व्यवस्था गरिने प्रिन्सिपल लक्ष्मीप्रसाद बुढा मगरले बताउनुभयाे । नेपाल सरकारकाे एक विद्यालय एक नर्स निति अन्तर्गत प्राथमिक उपचार कक्षसँगै एक नर्सकाे व्यवस्था गरि सेवा सञ्चालन गर्न लागिएकाे उहाँले बताउनुभयाे ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरुकाे दैनिक स्वास्थ्य परिक्षण गरिनुका साथै अप्रत्याशितरुपमा हुने दुर्घटनाका घाइते विद्यार्थीहरुकाे प्राथमिक उपचार गरि जाेखिमबाट बचाउन उक्त सेवा सञ्चालन गरिएकाे शिक्षक नवीन आचार्यले बताउनुभयाे ।


