घाेराही, ९ चैत । घाेराही उपमहानगरपालिका १६ सर्रास्थित ज्ञानमाला एकेडेमीले बिमा रकम भुक्तानी गरिदिएकाे छ ।

ज्ञानमाला एकेडेमीमा कक्षा १ मा अध्ययनरत छात्रा सृष्टि बुढा मगरलाई विद्यालयका प्रिन्सिपल महेश बस्नेतले शुक्रबार बिमा रकम बापतकाे चेक हस्तान्तरण गर्नुभएकाे थियाे । अभिभावककाे राेहबरमा प्रिन्सिपल बस्नेतले बिमा दाबीबाट करकट्टी गरि प्राप्त ३ हजार पाँच सय रुपैया बराबरकाे चेक छात्रा सृष्टि बुढा मगरलाई हस्तान्तरण गर्नुभएकाे थियाे ।

पुुस १२ गते घरमा खेल्ने क्रममा दाहिने हातकाे हड्डी क्रयाक हुँदा उनकाे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घाेराहीमा उपचार भएकाे थियाे । अभिभावकले पेश गरेका उपचारका आधिकारिक कागजात तथा बिलका आधारमा बिमा कम्पनीले करकट्टी गरि ३ हजार ५ सय रुपैया विद्यालयकाे खातामा जम्मा गरिदिएकाे र विद्यालयले साेही रकम बराबरकाे चेक बिद्यार्थीकाे नाममा काटी चेक हस्तान्तरण गरिएकाे प्रिन्सिपल बस्नेतले बताउनुभयाे ।

विद्यालयले आफ्नै लगानीमा कक्षा प्ले ग्रुपदेखि कक्षा ५ सम्मका विद्यार्थीहरुकाे शैक्षिक सत्र २०८१ का लागि शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडकाे घाेराही शाखामा दुर्घटना बिमा गरिदिएकाे प्रिन्सिपल बस्नेतले जानकारी दिनुभयाे । आगामी शैक्षिकसत्रदेखि कक्षा १० सम्मका विद्यार्थीहरुकाे पनि दुर्घटना बिमा गरिने उहाँले बताउनुभयाे ।

विद्यालयका प्रिन्सिपल महेश बस्नेतका अनुसार बिमा कम्पनीसँग २ हजारदेखि माथि १ लाखसम्मकाे उपचार खर्चकाे दाबी रकम बिमा कम्पनीले बेहाेर्ने गरि सम्झाैता गरिएकाे र एक महिनाभित्र घटनाकाे जानकारी विद्यालयलाई गराइसकेको हुनुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस