घाेराही, ९ चैत । घाेराही उपमहानगरपालिका १८ नवलपुरस्थित भ्याली टप इङलिस बाेर्डिङ स्कुलले आफ्ना अभिभावकका लागि बृहत् अभिभावक शिक्षा कार्यक्रम सम्पन्न गरेकाे छ ।
विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष दिपक शर्माकाे अध्यक्षता एवम् याेग प्रशिक्षक रबिन्द्र बस्नेतकाे प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम शनिबार सम्पन्न भएकाे हाे ।
कार्यक्रमका प्रमुख अतिथी रविन्द्र बस्नेतले बालबालिकाका लागि पहिलो शिक्षालय घर र पहिलो शिक्षक आमा भएका कारण बालबालिकालाई कस्तो संस्कार र शिक्षा दिने भन्ने कुराको शुरुवात घरपरिवारबाटै हुने बताउनुभयो । बालबालिकाले विद्यालयमा भन्दा घरमा अधिक समय बिताउने भएका कारण बालबालिकाको सम्पुर्ण आनीबानीदेखि संस्कारजन्य कुरामा अभिभावक चनाखो बन्नुपर्नेमा बस्नेतले जाेड दिनुभयाे । विद्यालयतर्फ इङ्गित गर्दै बस्नेतले बालबालिकालाई अनुकुल शैक्षिक वातावरण विद्यालयले निमार्ण गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रमका प्रमुख प्रशिक्षक समेत रहनुभएका बस्नेतले अशिक्षित बुवा–आमा पनि असल अभिभावक बन्नसक्ने हुदाँ बालबालिकाका लागि पर्याप्त समय अभिभावकले प्रदान गर्नुपर्ने बताउनुभयाे । घरदेखी विद्यालयसम्म बालबालिकाले गर्ने हरेक क्रियाकलापमा अभिभावकले निगरानी बढाउनु पर्नेमा उहाँकाे जाेड थियाे ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक खुमबहादुर के.सीले शैक्षिक सत्र २०८० /०८१ काे विद्यालयकाे कार्य प्रगति विवरणका साथै शैक्षिक सत्र २०८१ /०८२ काे कार्यक्रम याेजना प्रस्तुत गर्नुभएकाे थियोे ।
कार्यक्रममा सञ्चालक समिति सदस्य गिरिजा शर्मा, लालमणि बसेल, गाेपाल प्रसाद पाेख्रेल, मधुसुदन भट्टराई तथा सयाैं अभिभावकहरुकाे उपस्थिति रहेकाे थियाे ।
विद्यालयकी सहायक प्रधानाध्यापक हिरा बिष्टको स्वागत मन्तव्यबाट सुरु भएकाे उक्त कार्यक्रमकाे सहजीकरण विद्यालयका शिक्षक दिनेश न्याैपानेले गर्नुभएको थियाे ।


