घाेराही, ३० जेठ । घाेराही उपमहानगरपालिका १६ सर्रास्थित ज्ञानमाला एकेडेमीका विद्यार्थीहरुले चित्रकला प्रदर्शनी गरेका छन्।

शुक्रबारीय अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यार्थीले विभिन्न विधा र व्यक्तित्वहरुका चित्रहरु सिर्जना गरि विद्यालयमा प्रदर्शन गरेका छन्। विद्यार्थीहरुकाे सिर्जनशील क्षमतालाई परिस्कृत गर्ने उद्देश्यले आयाेजना गरिएकाे प्रदर्शनीमा कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरुका ६० वटा चित्रहरु प्रदर्शन गरिएकाे थियाे।

प्रदर्शनीमा स्मारिका चौधरीले बनाएका ११ वटा, सुदिक्षा ओलीले ९ वटा, दिक्षा पल्लीमगर, यशु चौधरी, शिखा पोख्रेल, ऋषि बस्नेत, दिपाशु नेपाली, प्रिन्सा ओली, कविता राना, स्वस्तिक आचार्य, सविना भण्डारी, इच्छा थापामगर, टिका लामिछानेले सिर्जना गरेका चित्रहरु राखिएका थिए। यसैगरी उन्नती केसी, सुष्टि केसी, कृतिका केसी, करिना जिसी, अंकिता चौधरी, जशिका डाँगी, मञ्जुला चौधरी, मञ्जिशा ओली, निकित पुनलगायतका  विद्यार्थीहरुले बनाएका चित्रहरु पनि प्रदर्शन गरिएको थियो।

चित्रकला प्रदर्शनीमा विद्यार्थीहरुले बनाएका सन्देशमुलक चित्रहरुको विद्यार्थी, अतिथिहरुले अवलोकन गरेका थिए। सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनलाई कक्षा १० मा अध्ययनरत छात्रा स्मारिका चौधरीले प्रियासनकै चित्र बनाएर उपहार प्रदान गर्नु भएको थियो।

यसैबीच विद्यालयले विद्यार्थीहरुलाई सकारात्मक साेँचको विकास गर्नका लागि उत्प्रेरणा कार्यक्रमको आयोजना गरेको छ।  विद्यालयमा गठित सिर्जनशील बाल क्लबको आयोजनामा भएको उत्प्रेरणा कार्यक्रममा ६ कक्षा देखि १० कक्षासम्म अध्ययन गर्ने विद्यार्थीहरुको सहभागिता रहेको थियो।

विद्यालयमा गठित बाल क्लबकी अध्यक्ष अदिति केसीको अध्यक्षता एवम् नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनको प्रमुख आतिथ्यता एवम् नेपाल पत्रकार महासंघ दाङका सचिव जेएन सागरको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले चित्रकला सिर्जनात्मकताको उत्कर्ष भएको बताउनुभयो । उहाँले विद्यार्थीलाई सिर्जनशील बनाउन चित्रकलाले महत्वपूर्ण भूमिका खेल्ने भएकाले यसलाई पाठ्यक्रममै समावेश गर्नुपर्ने धारणा राख्नुभयाे । पछिल्लो समय विदेशका कतिपय मुलुकमा चित्रकलामै लागेर नाम, दाम, सम्मान कमाई रहेको बताउँदै प्रियासनले विद्यार्थीहरुको क्षमता विकासका लागि पनि चित्रकलाले भूमिका खेल्ने वताउनुभयो ।

सिर्जनशील बाल क्लबका सहसचिव राहुल चाैधरीकाे स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रमकाे विषयवस्तुमाथि विद्यालयकी कार्यक्रम संयाेजक विमला केसीले प्रकाश पार्नुभएकाे थियाे । कार्यक्रममा क्लबका सदस्य झरना बाेहराले धन्यवाद ज्ञापन गर्नुभएकाे थियाे भने सहजीकरण सचिव सुदिक्षा ओलीले गर्नुभएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस