खगेश्वर पाैडेल
घाेराही, २८ असार ।
नेपाल राष्ट्रिय शिक्षक संगठन घोराही नगरसमितिले घोराही उपमहानगरपालिका वडा नं. ८ मा अवस्थित माध्यमिक विद्यालय ढिकपुरमा वृक्षारोपण गरेको छ ।

संगठनले सञ्चालन गरेको हरित विद्यालय अभियान अन्तर्गत प्रत्येक वर्ष वृक्षारोपण कार्यक्रम सञ्चालन गर्दै आएकोमा उक्त कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइएको संगठनका घोराही नगर अध्यक्ष पोषणराज विष्टले बताउनु भयो ।

वृक्षारोपण कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्रिय शिक्षक संगठन लुम्बिनि प्रदेशका अध्यक्ष भागवत पौडेलले संगठनको घोराही नगरसमितिले विभिन्न रचनात्मक कार्यक्रमहरु सञ्चालन गरी संगठनलाई चलायमान गराइरहेको भन्दै प्रशंसा गर्नुभयो । सन्तुलित पर्यावरण विना जीवनको कल्पना पनि गर्न नसकिने भएकाले हाम्रो हरेक गतिविधि पर्यावरण बचाउने गरी हुनुपर्ने भन्दै प्रमुख अतिथि पौडेलले वृक्षारोपण कार्यक्रमलाई निरन्तरता दिंदै अझ सघनरुपमा सञ्चालन गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रमका विशिष्ट अतिथि नेपाल शिक्षक महासंघकी केन्द्रीय सदस्य श्यामा रावतले स्वच्छ वातावरणले नै स्वस्थ्य मस्तिष्कको जन्म दिने भएकाले विद्यालय परिसर हरित हुनुपर्ने बताउनुभयाे । उहाँले त्यसैलाई मध्यनजर गर्दै नेपाल राष्ट्रिय शिक्षक संगठन घोराहीले विद्यालय लक्षित गरेर गरेको कार्य सह्रानिय रहेको बताउनु भयो ।

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन दाङका अध्यक्ष मिनराज शर्माले तीन वर्ष पहिले संगठनले आफू कार्यरत विद्यालयमा पनि वक्षारोपण गरेको र त्यसको हेरचाहमा शिक्षक, कर्मचारी, विद्यार्थी, स्थानीय अभिभावक र स्वयं आफै पनि लागेकाले अहिले हुर्किएको बताउदै यहाँ रोपिएका बिरुवाहरुको रेखदेखको लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायत सदस्यहरु, शिक्षक तथा विद्यार्थीहरुलाई अनुरोध गर्नुभएको थियो ।

कार्यक्रममा संगठनका जिल्ला सचीव धनिराम के.सी, नेकपा एमाले घोराही नगर कमिटि वडा नं ८ का इन्चार्ज एवं जिल्ला सदस्य बसन्त बस्नेत, निवर्तमान जिल्ला कोषाध्यक्ष एवं जिल्ला समिति सल्लाहकार विजय अधिकारी, संगठनका संघीय निर्वाचन क्षेत्र नं. २ का अध्यक्ष लालमणि खडका, संगठनका जिल्ला कोषाध्यक्ष चुनप्रसाद खत्रीकाे उपस्थिति रहेकाे थियाे । यसैगरी पेशागत महासंघ तुलसीपुरका अध्यक्ष भोला प्रसाद पौडेल, मा.वि. ढिकपुरका विव्यस अध्यक्ष पदम प्रसाद अधिकारी, बालक्लवका अध्यक्ष एलिशा चौधरी, विभिन्न विद्यालयका प्रधानाध्यापक, सहप्रधानाध्यापक, शिक्षक, अभिभावक, विद्यार्थीहरुकाे उपस्थिति रहेकाे थियाे ।

उक्त अवसरमा विभिन्न प्रजातीका गरी करिब १५० भन्दा बढी बिरुवाहरु विद्यालय परिसरमा रोपिएको थियो ।

घोराही नगरसमितिका अध्यक्ष पोषणराज विष्टको अध्यक्षतामा भएको औपचारिक कार्यक्रममा संगठनकी घोराही उपाध्यक्ष विमला पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण संगठन घोराही नगर समितिका सचिवालय सदस्य अशाेक वलीले गर्नुभएको थियो  ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस