घोराही, २८ असार ।  जय महाकाल युवा समूह घोराहीले घोराही–३ चौपटामा सरसफाई एवम् फुल रोपण कार्य सम्पन्न गरेको छ । चौपटास्थित श्री महामृत्युञ्जय गोरखनाथ धाम मन्दिर परिसर र घोराही–लमही सडक अन्तर्गत चौपटा क्षेत्रमा महाकाल युवा समूहको टोलीले सरसफाई गर्नुका साथै मन्दिर परिसर र सडक छेउँमा फुल रोपण गरेको छ ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवम् महाकाल युवा समूह घोराहीका सल्लाहकार सविन प्रियासनले फुल रोपण एवम् सरसफाई गरेर कार्यक्रमको सुरुवात गर्नु भएको थियो । महाकाल युवा समूहले गएको हप्ता घोराही–७ उत्तरबाहिनीमा सरसफाई गरेको थियो । हरेक हप्ता सरसफाई अभियान कार्यक्रमको आयोजना गर्ने लक्ष्य महाकाल युवा समूहले बनाएको छ ।

जय महाकाल युवा समूह घोराहीले विगत २७ दिनदेखि घोराहीको गुम्राहचोकमा बिहान र साँझ बटुवाहरुलाई नि:शुल्क खाना खुवाई रहेको छ । जय महाकाल युवा समूह घोराहीका अध्यक्ष श्रीधर गिरी र सचिव केशव गिरीले महाकाल युवा समूहले सामाजिक उत्तरदायित्व बहन गर्ने कार्य गरिरहेकाले साथसहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस