दाङ, २८ असार । नेकपा एमाले दङ्गीशरण गाउँपालिका कमिटीले श्रद्धाञ्जली सभा सम्पन्न गरेकाे छ । दङ्गीशरण गाउँपालिका कमिटीका उपाध्यक्ष एवम् दङ्गीशरण गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष निरज बस्नेतको जीवन संगिनी रिता बस्नेतको १३औ दिनको पुण्य तिथिको अवसरमा श्रद्धाञ्जली सभा सम्पन्न भएको हाे ।
नेकपा एमाले दङ्गीशरण गाउँपालिका कमिटीका अध्यक्ष बसन्त ओलीको अध्यक्षता एवम् नेकपा एमालेका केन्द्रीय सदस्य कोमल ओलीको प्रमुख आतिथ्यता तथा नेकपा एमालेका केन्द्रीय सदस्य घनश्याम पाण्डेको विशिष्ट अतिथ्यतामा श्रद्धाञ्जली सभाकाे आयाेजना गरिएकाे थियाे ।
सभामा नेकपा एमाले केन्द्रिय लेखा आयोगका सदस्य सावित्री विश्वकर्मा, नेकपा एमाले जिल्ला कमिटी दाङका उपाध्यक्ष मनोहर बुढाथोकी, सचिव श्याम डाँगी, दङ्गीशरण गाउँपालिकाका पूर्व अध्यक्ष भागीराम चौधरी लगायतले श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्नुभएको थियो।
श्रद्धाञ्जली सभामा स्वर्गीय रिता बस्नेतको जीवनीमाथि उहाँको जीवनसाथी एवम् पार्टीका उपाध्यक्ष निरज बस्नेतले प्रकाश पार्नुभएको थियो। सभाकाे सहजीकरण नेकपा एमाले दङ्गीशरण गाउँपालिका कमिटीका सचिव खुसीराम चौधरीले गर्नुभएको थियो ।












