घाेराही, २९ साउन । घाेराही उपमहानगरपालिका १५ तारापुञ्ज टाेलस्थित नमुना बहुभाषिक शिक्षालयले तीज मिलन कार्यक्रम सम्पन्न गरेकाे छ ।
कार्यक्रमकाे उद्देश्यमाथि प्रकाश पार्दै शिक्षालयका प्रिन्सिपल विष्णु हमालले हिन्दु नारीहरुकाे महान पर्व हरितालिका (तीज)काे पूर्वार्धमा शिक्षालयले शिक्षक-अभिभावकबीच शुभकामना आदानप्रदान गरि आपसी सद्भाव, समन्वय र आत्मियता बढाउन तीज मिलन कार्यक्रम गरेकाे बताउनुभयाे ।
शिक्षालयका अध्यक्ष गणेश घर्ती मगरकाे अध्यक्षता एवम् प्याब्सन घाेराही नगर कमिटीका सचिव विमल भण्डारीकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे। कार्यक्रमका प्रमुख अतिथि भण्डारीले नेपालीका आफ्नै माैलिक चाडपर्व रहेकाले यस्ता चाडपर्वहरुकाे माैलिकतालाई बिर्सन नहुने बताउनुभयाे । चाडपर्वले नेपालीकाे पहिचान दर्शाउने भएकाले तीजपर्वलाई देखावटी र भड्किलोरुपमा मनाउन नहुने भण्डारीले सुझाउनुभयाे ।
कार्यक्रममा प्याब्सन घाेराहीका काेषाध्यक्ष चित्रबहादुर घर्ती, प्याब्सन घाेराहीका प्रेस संयाेजक महेश बस्नेत, नगर सदस्य किरण न्याैपाने, पूर्व सदस्य पदम गिरि, स्टार बाेर्डिङ स्कुलका प्रवन्ध निर्देशक चन्द्र बिसी, शिक्षक, अभिभावकलगायतकाे उपस्थिति रहेकाे थियाे । हाेटेल पाैवामा भएकाे कार्यक्रमकाे सहजीकरण शिक्षालयका प्रिन्सिपल विष्णु हमालले गर्नुभएकाे थियाे ।

