Oplus_131072

घाेराही, ७ भदौ । घोराही उपमहानगरपालिका -१३ स्थित ज्ञानज्योती एजुकेसनल एकेडेमीले नेपाली हिन्दू महिलाहरुको महान पर्व हरितालिका (तीज)को अवसरमा तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष ओम बहादुर घर्ती मगरको अध्यक्षता एवम् घोराही उपमहानगरपालिकाका उप-प्रमुख हुमा कुमारी डिसीको प्रमुख आतिथ्यता तथा लुम्बिनी प्रदेश खेलकुद परिषद सदस्य तिरणदाज गौतम र सामाजिक विकास महाशाखा घोराहीका अधिकृत अजय बोहराको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियाे।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डिसीले हरितालिका (तीज)ले दिदिबहिनीहरुको मौलिक पर्वको जगेर्नासँगै स्कुल, अभिभावक र विद्यार्थीहरुबीच आपसी सम्बन्ध मजबुत बनाउन मद्दत गर्ने बताउनुभयो। उहाँले ज्ञानज्योति एजुकेसनल एकेडेमीले शैक्षिक उत्कृष्टका साथ सामाजिक र सांस्कृतिक गतिविधि र सहभागिता गर्दै आएको बताउँदै शुभकामना व्यक्त गर्नुभयो।

विद्यार्थी र अभिभावककाे बाक्लाे उपस्थिति रहेकाे कार्यक्रममा अभिभावकहरुबीच नृत्य र गायन प्रतियोगिता समेत सञ्चालन गरिएको थियाे । विद्यालयका प्रिन्सिपल लक्ष्मी बुढा मगरकाे स्वागत मन्तव्य सुरु भएको कार्यक्रमको सञ्चालन विद्यालयका शैक्षिक संयोजक नवीन आचार्यले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस