घाेराही, १२ भाद्र । नेपाल फुल कन्ट्याक्ट् कराँते महासंघ दाङ जिल्ला तदर्थ समिति बुधबार गठन गरिएकाे छ।

जिल्ला प्रतिनिधि विरेन्द्र चन्दकाे अध्यक्षतामा बसेकाे बैठकले नवराज खत्रीकाे अध्यक्षतामा नेपाल फुल कन्ट्याक्ट् कराँते महासंघ दाङ जिल्ला तदर्थ समिति गठन गरेकाे हाे । समितिको उपाध्यक्षमा दिपक कुमाल, सचिवमा कपिल बुढाथोकी र काेषाध्यक्षमा महेश बस्नेत चयन हुनुभएकाे छ। समितिकाे सदस्यहरुमा वसन्त जिएम्, नारायण बुढा मगर, मदन कुमाल, इराक घर्ती मगर र तिर्सना गुरुङ रहनुभएकाे छ।

बैठकले नेपाल फुल कन्ट्याक्ट् कराँते महासंघकाे लुम्बिनी प्रदेश प्रतिनिधिमा विरेन्द्र चन्द र चित्रबहादुर घर्ती मगरलाई चयन गरेकाे छ।

फुल कन्ट्याक्ट् कराँतेका खेलाडीहरुकाे पहिचान गरि यस क्षेत्रकाे विकाससँगै खेलाडीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने उद्देश्यले महासंघ गठन गरिएकाे अध्यक्ष खत्रीले जानकारी दिनुभयाे ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस